लन्डन । भूपू गोर्खाहरुले बसोवासका लागि लन्डनमा बेग्लै आवास गृह पाउने भएका छन् । स्थानीय समुदाय र भेट्रानहरुको सहयोगका लागि समर्पित ‘स्टोल’ नामक संस्थाले काउन्टेस् अफ वेसेक्स् हाउसमा भूपू गोर्खाहरुलाई उक्त आवास प्रवन्ध गर्न लागेको हो । हाल त्यहां ३६ युनिट उपलव्ध गराइनेछ ।
काउन्टेस् अफ वेसेक्स् हाउसको कम्युनिटी हलमा मार्च २३ मा उक्त नयां आवासगृह उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा स्टोल संरक्षक शाही सदस्य, हन्स्लो मेयर, स्टोल ट्रष्टिज् र अन्य व्यक्तित्वहरुको उपस्थित रहनेछ ।
हन्स्लोस्थित हेनवर्थ पार्क क्षेत्रका उपमेयर विष्णु गुरुङको पहलमा गोर्खाहरुले आवास सुविधा पाएका हुन् । आम फोर्सेस् कम्युनिटीका रिप्रिजेन्टेटिभ काउन्सिलर समेत भएकाले उपमेयर गुरुङलाई आवासका लागि प्रस्ताव लैजान सजिलो भएको थियो । ‘आवासका लागि हरेक शहरबाट भूपू गोर्खाहरुको माग बढिरहेको छ तर धान्न सकिने स्थिति छैन्’, गुरुङले वीनेपालीसंग भने ।
सर ओस्वाल्ड स्टोलले सन् १९१६ मा स्टोल संस्था स्थापना गरेका थिए । फुलहाममा १५७ घर बनाएको उक्त संस्थाले वेष्ट लन्डनमा अहिले तीन क्षेत्रमा आवास गृहहरु निर्माण गरिरहेको छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी