लन्डन । भूपू गोर्खाहरुले बसोवासका लागि लन्डनमा बेग्लै आवास गृह पाउने भएका छन् । स्थानीय समुदाय र भेट्रानहरुको सहयोगका लागि समर्पित ‘स्टोल’ नामक संस्थाले काउन्टेस् अफ वेसेक्स् हाउसमा भूपू गोर्खाहरुलाई उक्त आवास प्रवन्ध गर्न लागेको हो । हाल त्यहां ३६ युनिट उपलव्ध गराइनेछ ।
काउन्टेस् अफ वेसेक्स् हाउसको कम्युनिटी हलमा मार्च २३ मा उक्त नयां आवासगृह उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा स्टोल संरक्षक शाही सदस्य, हन्स्लो मेयर, स्टोल ट्रष्टिज् र अन्य व्यक्तित्वहरुको उपस्थित रहनेछ ।
हन्स्लोस्थित हेनवर्थ पार्क क्षेत्रका उपमेयर विष्णु गुरुङको पहलमा गोर्खाहरुले आवास सुविधा पाएका हुन् । आम फोर्सेस् कम्युनिटीका रिप्रिजेन्टेटिभ काउन्सिलर समेत भएकाले उपमेयर गुरुङलाई आवासका लागि प्रस्ताव लैजान सजिलो भएको थियो । ‘आवासका लागि हरेक शहरबाट भूपू गोर्खाहरुको माग बढिरहेको छ तर धान्न सकिने स्थिति छैन्’, गुरुङले वीनेपालीसंग भने ।
सर ओस्वाल्ड स्टोलले सन् १९१६ मा स्टोल संस्था स्थापना गरेका थिए । फुलहाममा १५७ घर बनाएको उक्त संस्थाले वेष्ट लन्डनमा अहिले तीन क्षेत्रमा आवास गृहहरु निर्माण गरिरहेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार