काठमाडौं। पोखरा आसपासमा शनिबार साँझ पौने आठ बजे भूकम्पको धक्का महसूस गरिएको छ।
नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ५.५ भूकम्प गएको जनाएको छ। भूकम्प गएको स्थान पोखराबाट पश्चिम कास्की, पर्वत र म्याग्दीको सीमा रहेको घोरेपानी आपसास भएको बताइएको छ ।
विश्वभरका भूकम्पका धक्काहरुको रेकर्ड राख्ने अमेरि
की भूगर्भ संस्थाको वेबसाइटमा पोखराबाट छ किलोमिटर दूरीमा केन्द्रबिन्दू बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरिएको छ।
पोखराका बासिन्दाले सामाजिक सञ्जालमा भूकम्पका कारण घर र जमिन हल्लिएको धेरैले महसूस गरेका बताएका छन्। भूकम्पले जनधनको क्षति भए नभएको बारे यो समाचार तयार पार्दासम्म कुनै जानकारी आइसकेको छैन् ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न