काठमाडौं। यसै साता नामिबियामा सम्पन्न आइसीसी डिभिजन टुमा चौथो स्थानमा चित्त बुझाएको नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ। नेपालसँगै तेस्रो भएको केन्याले पनि यो प्रतियोगिता खेल्न पाउने भएको हो। आइसीसीको बुधबार बसेको बैठकले औपचारिकरुपमा नेपाल र केन्याले च्याम्पियनसिप खेल्न पाउने निर्णय गरेको छ। 
डिभिजन एकको शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई सन् २०१९ को विश्वकपका लागि र्याङ्किङ छनोट सिस्टममा समावेश गरेपछि नेपाल र केन्याले यो प्रतियोगिता खेल्न मौका पाएको हो। यो प्रतियोगिता अफगानिस्तान र आयरल्याण्डले खेल्ने छैन् । प्रतियोगितामा नेपाल र केन्यासँगै हङकङ, नामिबिया, नेदरल्याण्ड, पपुवा न्यूगिनी, स्कटल्याण्ड र युएईसँग रहनेछ। लिग च्याम्पिनशीप खेलहरु सन् २०१५ को मध्यबाट शुरु हुने छ। दुई वर्षभित्र सबै देशसँग पालौ पालो होम एन्ड अबे म्याच खेल्ने छन् ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी