काठमाडौं। पोखरामा यसै साता शुरु हुने आहा! रारा गोल्ड कप फुटबल प्रतियोगितामा एक बेलायती फुटबल क्लबसहित १२ टिमको सहभागी हुने भएको छ। आगामी सोमबारबाट शुरु हुने १३ औं अाहा! रारा गोल्डकपमा बेलायतको एल्डरसट टाउन फुटबल क्लबले सहभागीता जनाउने आयोजक संस्थाले जनाएको छ।
एल्डरसट टाउन फुटबल क्लब सहारा क्लब युकेको पहलमा प्रतियोगितामा सहभागी भएको हो।
त्यसैगरी प्रतियोगितामा सहभागी अन्य टिममा भारतको कञ्चनजञ्गा, नेपालको मनाङ मर्स्याङ्दी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, झापा ११, लुम्बिनी फुटबल क्लब, सुदुर पश्चिम फुटबल क्लब, सिमराको नव जन जागृती र पोखराको साहारा फुटबल क्लब छन्। प्रतियोगिता फेब्रुअरी ३ बाट शुरु भएर १२ सम्म चल्ने छ। प्रतियोगिताको विजेता तथा उत्कृष्ट खेलाडीले नगद प्राप्त गर्ने छन्। ‘खेलकुदको विकासमा सहयोग गरौं, पोखरालाई खेल पर्यटनको केन्द्रमा विकास गरौं,’ भन्ने नारा प्रतियोगिताको छ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक