काठमाडौं। पोखरामा यसै साता शुरु हुने आहा! रारा गोल्ड कप फुटबल प्रतियोगितामा एक बेलायती फुटबल क्लबसहित १२ टिमको सहभागी हुने भएको छ। आगामी सोमबारबाट शुरु हुने १३ औं अाहा! रारा गोल्डकपमा बेलायतको एल्डरसट टाउन फुटबल क्लबले सहभागीता जनाउने आयोजक संस्थाले जनाएको छ।
एल्डरसट टाउन फुटबल क्लब सहारा क्लब युकेको पहलमा प्रतियोगितामा सहभागी भएको हो।
त्यसैगरी प्रतियोगितामा सहभागी अन्य टिममा भारतको कञ्चनजञ्गा, नेपालको मनाङ मर्स्याङ्दी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, झापा ११, लुम्बिनी फुटबल क्लब, सुदुर पश्चिम फुटबल क्लब, सिमराको नव जन जागृती र पोखराको साहारा फुटबल क्लब छन्। प्रतियोगिता फेब्रुअरी ३ बाट शुरु भएर १२ सम्म चल्ने छ। प्रतियोगिताको विजेता तथा उत्कृष्ट खेलाडीले नगद प्राप्त गर्ने छन्। ‘खेलकुदको विकासमा सहयोग गरौं, पोखरालाई खेल पर्यटनको केन्द्रमा विकास गरौं,’ भन्ने नारा प्रतियोगिताको छ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी