काठमाडौं। विवादबीच संविधानसभाले आइतबार गठन गरेको ‘प्रस्ताव निर्माण समिति’ को पहिलो बैठक शनिबार बस्ने भएको छ। पहिलो बैठक सभाध्यक्षले बोलाउने नियमावलीको व्यवस्थाअनुरूप शनिबार दिउँसो १ बजे समितिको बैठक बोलाइएको हो। 
समितिमा विपक्षी मोर्चाबाट नाम प्राप्त नभए पनि काम नरोकिने बताइएको छ। एमाओवादी नेतृत्वको १९ दलीय मोर्चामा रहेका दलले समितिमा नामावली नदिने बताएका छन्। १९ दलीय मोर्चाले भने सत्तारूढ दल र सभाध्यक्ष नेम्वाङको कदमविरुद्ध आन्दोलन कार्यक्रम घोषणा गरिसकेको छ। उनीहरुले बहुमतीय प्रक्रिया नरोकेसम्म सरकार, सत्तारुढ दल र सभाध्यक्षले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने घोषणा गरेका छन्।
समितिको पहिलो बैठकले समितिको प्रक्रिया, सिद्धान्त र विधि तय गर्नेछ। समितिले सभापति चयन नगरेसम्म ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्नेछन् ।
समितिमा सबैभन्दा ज्येष्ठ सदस्य कांग्रेसका कुलबहादुर गुरुङ छन् । उनी विशेष कारणवश अनुपस्थित भए त्यसपछिका अर्का ज्येष्ठ सदस्यले सभापतित्व गर्नेछन् ।
आइतबार बसेको संविधानसभा बैठकमा सभाध्यक्ष नेम्वाङले १९ दलका सभासदको होहल्लाबीच नै ‘प्रस्ताव निर्माण समिति’ गठनका लागि गरेको प्रस्ताव तीन चौथाइ सदस्यले स्वीकृत गरेका थिए । प्रस्ताव समिति ७३ सदस्यीय हुने भए पनि ४९ जनाको मात्र नामावली सार्वजनिक गरिएको छ । बाँकी सदस्य १९ दलका तर्फबाट राखिनेछ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार