काठमाडौं। दुई दिनभित्र दोस्रो पटक केन्यासँग पराजित भएपछि नेपाल आइसिसी डिभिजन टु लिग क्रिकेट प्रतियोगितामा चौथो भएको छ। नामिबियामा शनिबार तेस्रो स्थानका लागि भएको प्ले अफको खेलमा केन्यासँग नेपाल १५ रनले पराजित भएको हो। शुक्रबार केन्यासँग ५ विकेटले पराजित हुँदा नेपाल डिभिजन वानमा उक्लन असफल भएको थियो।
टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो। केन्याका लागि नेल्सन मन्डेला ओढिअम्बोले ४८ र नरेन्द्र पटेलले ४४ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामीले तीन, सागर पुनले २ र शक्ति गौचन र भुवन कार्कीले १-१ विकेट लिएका थिए।
प्रतिउत्तर व्याटिङ गरेको नेपाल ४७ ओभरमा १ सय ९३ रनमा अल आउट भयो। नेपालका लागि बिनोद भण्डारीले ७३ रनको योगदान गरे । भण्डारीले चौथो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग १ सय ७ रनको साझेदारी गर्दै जीतका लागि आधार तयार पारेका थिए। मल्लले ४८ रन बनाए। तर, पुच्छारका ब्याट्सम्यानले खेल जिताउन सकेनन्। भेषवाकरले २४ रनको योगदान गरे।
प्रतियोगिताको उपाधि भने नेदरल्यान्डले जितेको छ। नामिबियालाई ८ विकेटले पराजित गर्दै नेदरल्यान्डले उपाधि जितेको हो। नेपालका कप्तान पारस खड्का प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका छन्।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा