काठमाडौं। नेपाल आइसीसी डिभिजन वानमा पुग्न असफल भएको छ। नामिबियामा शुक्रबार भएको खेलमा नेपालको अनुकुल परिणाम आएन। नेपाल केन्यासँग ५ विकेटले पराजित भयो भने नेदरल्यान्डले युगान्डालाई ठूलो अन्तरले पराजित गर्यो।
लिग चरणको अन्तिम खेलमा नेपाल केन्यासँग पराजित भएको छ। युगान्डासँग पहिलो खेलमा पराजित भएको नेपाल त्यसपछि लगातार तीन खेलमा जित हात पारेको थियो। डिभिजन एकमा पुग्न केन्यालाई हराउनैपर्ने बाध्यता नेपाललाई परेपनि ५ विकेटले पराजित भयो। नेदरल्यान्डले युगान्डाले प्रस्तुतरमा गरेको ८० रनको लक्ष्य ६ ओभर ३ बलमै पुरा गरेर नेट रन रेटमा व्यापक सुधार गर्यो। नेपालको नेदरल्यान्डको समान ६-६ अंक भएपनि नेट रन रेटको अाधारमा डिभिजन वानमा पुगेको हो।
टस हारेर प्रतियोगितामा पहिलोपटक सुरुवाति ब्याटिङ गरेको नेपालले १ बल अगाडि सबै विकेट गुमाएर १ सय ९५ रनको लक्ष्य केन्यासामु प्रस्तुत गरेको थियो। खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले अविजिति ९१ रनको योगदान दिए पनि बलरहरु जम्न नसक्दा नेपाल पराजित हुँदै डिभिजन २ मै सिमित हुन पुग्यो। नेपालको शुरुवात राम्रो हुन सकेन । नेपाल तीन ब्याट्सम्यान शुरुमै आउट भए।
केन्याले ३५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पछ्याएको थियो। केन्याका लागि इरफान करिमले सर्वाधिक ७५ रन बनाए। केन्याका लागि राकेपटेलले ५६ र एलेक्स ओबान्डाले ४५ रन बनाए। प्रतियोगिताको तेस्रो स्थानका लागि शनिबार केन्यासँग प्रतिस्पर्धा गर्नेछ। नेदरल्यान्ड र नामिबिया डिभिजन वानमा प्रवेश गरेका छन् भने क्यानडा र युगान्डा रेलिगेसनमा परेर डिभिजन थ्रीमा झरेका छन्।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी