काठमाडौं। आयोजक नामिबियालाई तीन विकेटले पराजित गर्दै नेपाल आइसिसी डिभिजन वान नजिक पुगेको छ। चौथो खेलमा लगातार तेस्रो जीत हासिल गर्दै नेपाल अंक तालिकामा शीर्ष दुईमा परेको हो।
नेपालसँग पराजित भएपनि नामिबिया नेट रन रेटको आधारमा पहिलो स्थानमा छ। नेपाल र नामिबियाले चारमा तीन खेल जित्दै ६-६ अंक बनाएका छन्।
टस जितेर ब्याटिङ गर्न आएको नामिबिया नेपाली बलिङ आक्रमणको सामु निरिह देखियो। ४९ ओभर १ बलमा अल आउट हुँदै १ सय ४२ रन मात्रै बनाउन सक्यो। नेपालका लागि करण केसीले तीन, सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले २-२ विकेट लिए।
१ सय ४३ रनको सहज लक्ष्य पछ्याएको नेपालको सुरुवात खराव रह्यो। नरेश बुढाऐरको ठाउँमा ओपनिङ गर्न आएका सागर पुन ७ रनमा आउट भए। अर्का ओपनर सुवास खकुरेल पनि ४ रनमा आउट हुँदा नेपालको स्कोर २७ रन थियो ।
त्यसपछि कप्तान खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नेपाली पारी सम्हालेका थिए। दुवैले ५८ रनको साझेदारी गर्दै नेपालको जीतका आधार तयार पारे । नेपालले तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र ३१ रनमा गुमायो ।
पारसले विनोद भण्डारीसँग मिलेर नेपाललाई जिततर्फ डोर्याए। कप्तान खड्का ६४ रनमा आउट भए। तर, पछिल्लो क्रममा ब्याटिङ लडखडाए पनि थोरै रन बनाउनु पर्ने भएकाले ठूलो समस्या उत्पन्न गरेन्।
खड्का आउट भएपछि भने नेपालले १६ रन पुरा गर्न थप तीन विकेट गुमायो। विनोद भण्डारी १८, शरद भेसवाकर ७ र आरिफ शेख १ रनमा आउट भए। शेखको लिस्ट ए मा डेब्यु थियो।
बसन्त रेग्मी ७ र सोमपाल कामी २ रनमा अविजित रहे। नेपाललाई १ रन चाहिएको अवस्थामा बसन्त रेग्मीले चौका हान्दै नेपाललाई जित दिलाए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा