काठमाडौ। करण केसीको बलिङ र पारस खड्काको अलराउन्ड प्रदर्शनमा नेपालले विश्व क्रिकेट लिग डिभिजन-२ मा मंगलबार क्यानाडाविरुद्व ७ विकेटको जीत हासिल गरेको छ। नामिबियामा भैरहेको प्रतियोगितामा टस हारेर फिल्डिङ गरेको नेपालले करणको ५ विकेटको सहयोगमा क्यानाडा ४९ ओभर २ बलमा १ सय १४ रनमा अलआउट गरेको थियो। 
नेपालले २३ ओभर १ बलमा लक्ष्य पुरा गर्दै डिभिजन १ मा उक्लने सम्भावनालाई बलियो बनाएको छ। जीतसँगै नेपाल प्रतियोगियताको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। तीन खेल खेलेको नेपालले २ मा जीत र एकमा हार ब्यहोरेको छ।
यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका करण लिस्ट ए मा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन्। उनले १० ओभरमा २६ रन खर्चेर ५ विकेट लिए। त्यसमा २ ओभर मेडन थियो। सोमपाल कामीले २ तथा पारस, शक्ति गौचन र सागर पुनले १-१ विकेट लिए।
१ सय १५ रनको लक्ष्य प्रतिउत्तर ब्याटिङमा उत्रिएको नेपालले दोस्रो ओभरमा कुनै रन जोड्नु अघि नै ओपनरहरु नरेश बुढाऐर र सुवास खकुरेल गुएको थियो। त्यसपछि ब्याटिङ गर्न आएका पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय १४ रनको साझेदारी गर्दै नेपाललाई सहज जीत दिलाएका थिए। पारसले ७७ रन बनाए। उनले ७८ बल खेली ११ चौका र ३ छक्का प्रहार गरे।
उपकप्तान ज्ञानेन्द्र ३२ रनमा अविजित रहे। ५१ बल खेलेका उनले ५ चौका प्रहार गरे । विनोद भण्डारी १ रनमा अविजित रहे। बुधबार नेपालले आयोजक नामिबियासँग खेल्ने छ। नामिबियाले सत प्रतिशत नतिजा निकाल्दै आएको छ।
मंगलबार नै भएको खेलमा आयोजनक नामिबियाले नेदरल्यान्डलाई १ सय ८८ रन र केन्याले युगान्डालाई ५ विकेटले पराजित गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा