काठमाडौ। करण केसीको बलिङ र पारस खड्काको अलराउन्ड प्रदर्शनमा नेपालले विश्व क्रिकेट लिग डिभिजन-२ मा मंगलबार क्यानाडाविरुद्व ७ विकेटको जीत हासिल गरेको छ। नामिबियामा भैरहेको प्रतियोगितामा टस हारेर फिल्डिङ गरेको नेपालले करणको ५ विकेटको सहयोगमा क्यानाडा ४९ ओभर २ बलमा १ सय १४ रनमा अलआउट गरेको थियो। 
नेपालले २३ ओभर १ बलमा लक्ष्य पुरा गर्दै डिभिजन १ मा उक्लने सम्भावनालाई बलियो बनाएको छ। जीतसँगै नेपाल प्रतियोगियताको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। तीन खेल खेलेको नेपालले २ मा जीत र एकमा हार ब्यहोरेको छ।
यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका करण लिस्ट ए मा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन्। उनले १० ओभरमा २६ रन खर्चेर ५ विकेट लिए। त्यसमा २ ओभर मेडन थियो। सोमपाल कामीले २ तथा पारस, शक्ति गौचन र सागर पुनले १-१ विकेट लिए।
१ सय १५ रनको लक्ष्य प्रतिउत्तर ब्याटिङमा उत्रिएको नेपालले दोस्रो ओभरमा कुनै रन जोड्नु अघि नै ओपनरहरु नरेश बुढाऐर र सुवास खकुरेल गुएको थियो। त्यसपछि ब्याटिङ गर्न आएका पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय १४ रनको साझेदारी गर्दै नेपाललाई सहज जीत दिलाएका थिए। पारसले ७७ रन बनाए। उनले ७८ बल खेली ११ चौका र ३ छक्का प्रहार गरे।
उपकप्तान ज्ञानेन्द्र ३२ रनमा अविजित रहे। ५१ बल खेलेका उनले ५ चौका प्रहार गरे । विनोद भण्डारी १ रनमा अविजित रहे। बुधबार नेपालले आयोजक नामिबियासँग खेल्ने छ। नामिबियाले सत प्रतिशत नतिजा निकाल्दै आएको छ।
मंगलबार नै भएको खेलमा आयोजनक नामिबियाले नेदरल्यान्डलाई १ सय ८८ रन र केन्याले युगान्डालाई ५ विकेटले पराजित गरेको छ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै