नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का इंग्ल्याण्डको मार्लेवोन क्रिकेट क्लब (एमसीसी) को टी-ट्वान्टी टीममा परेका छन्। दुबईमा मार्च २० मा हुने टी-ट्वान्टी प्रतियोगिताको टीममा पारस परेका हुन्। सो प्रतियोगितामा एमसीसी सहित लंकसायर, योर्कसायर र ससेक्स सम्मिलित रहेको एमसीसीले जनाएको छ।
एमसीसीले सोमबार जनाएअनुसार २०१५ को नोभेम्बरमा उसले नेपाल टुरको लागि आफ्नो टीम पनि पठाउने भएको छ। टुर टीमले राष्ट्रिय तथा स्थानीय टीमसँग सिरिज खेल्नेछ भने युवा खेलाडीलाई कोचिङ पनि गर्नेछ।
एमसीसीका क्रिकेट निर्देशक जोन स्टेफेन्सनले भने, ‘एमसीसीले क्रिकेटमा विकास गरिरहेका र प्रख्यात हुँदै गरेका देशहरुलाई नजिकबाट हेरिरहेको छ र नेपाल त्यसको लागि फिट देश हो। यही कुराले हामीलाई एमसीसीमा नेपाली टीमबाट खेलाडी छान्ने निर्णय र नोभेम्बरमा टुर टीम पठाउनमा महत्वपूर्ण भूमिका खेलेको हो।’
आफू एमसीसी टीममा परेकोमा पारसले भने, ‘एमसीसीमा छनौट हुनु मेरो लागि सम्मानको कुरा हो। यो नेपाली क्रिकेट संसारलाई देखाउन महत्वपूर्ण ठाउँ हो।आशा छ म नेपाल क्रिकेटलाई प्रवर्द्धन गर्न गर्न यो प्लेटफर्मलाई राम्रोसँग प्रयोग गर्न सक्छु।’
एमसीसीले काउन्टी च्याम्पियनसीप र एमिरेट्समा हुने टी-ट्वान्टीको पुरा टीम घोषणा गर्न बाँकी नै छ। एमसीसीको २०१४ को टुरमा श्रीलंकाका मुथैयामुरलीथरन, भारतका विरेन्द्र सेहवाग र इंग्ल्याण्डका ओपनर साम रोब्सन टीममा परेका थिए।
एमसीसीका स्टेफेन्सनले नेपालले क्षमतावान क्रिकेट उत्पादन गर्न सुरु गरेको बताउँदै भने, ‘हामी एमसीसी योङ क्रिकेटर प्रोग्रामका लागि नेपालका दुई खेलाडीलाई स्वागत गर्न कुरिरहेका छौं र म पारसलाई इमिरेट्स टी-ट्वान्टी प्रतिस्पर्धाको लागि टीममा लिन पाएकोमा खुसी छु ।’
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं