काठमाडौं। आइसीसी डिभिजन टु लिग क्रिकेटको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध २ विकेटले विजयी भएको छ। नेपालले निर्धारित ५० ओभरको खेलमा तीन बाँकी छदै ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। नामिबियामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेरदरल्यान्ड्सले १ बल अगावै अलआउट हुँदै १ सय ५८ रन बनाएको थियो।
नेपालका लागि बिनोद भण्डारीले ३४ र सोमपाल कामीले २४ रन बनाएका थिए। ३० बल खेलेका बिनोदले ३ छक्का र १ चौकासहित ३५ रन बनाए। त्यस्तै सोमापाल कामीले २८ बलमा ३ चौकासहित २८ रन बनाए। सोमपालले २ विकेटसमेत लिए।
शरद भेषावकरले अविजित २४ रन बनाए। कप्तान पारस खड्का १९, ओपनर सुवास खकुरेल १५ र सागर पुनले १३ रन बनाएका थिए। नेपालले तेस्रो खेल मंगलबार क्यानडासँग खेल्नेछ।
पहिलो खेलमा नेपाल युगान्डासँग २ रनले पराजित भएको थियो। पहिलो खेलमा नेदरल्यान्ड विजयी भएको थियो। जितसँग नेपाल अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण