काठमाडौं। मध्यक्रममा ब्याट्सम्यान चल्न नसक्दा आइसिसी डिभिजन टु को पहिलो खेलमा नेपाल युगान्डासँग २ रनले पराजित भएको छ। १ सय ४७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ५० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ४४ रनमा समेटिएको छ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३४ र ओपनर सुवास खकुरेलले ३२ रनको योगदान गरे। त्यसैगरी शक्ति गौचनले १९, नरेश बुढाऐरले १६ र बसन्त रेग्मीले १५ रनको योगदान गरे। त्यसैगरी कप्तान पारस खड्का र शरद भेषवाकर ५–५ रनमा आउट भए भने सोमपाल कामी ४ र विनोद भण्डारी १ रनमा आउट भए। सागर पुनले खाता पनि खोल्न सकेनन्।
टस जितेर ब्याटिङ गरेको युगान्डा निर्धारित ५० ओभरको खेलमा एक बल बाँकी छँदै १ सय ४६ रनमा अल आउट भएको छ। नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरेका थिए।
९ ओभर बलिङ गरेका उनले १३ रन खर्चेर तीन विकेट लिए। त्यसमा तीन ओभर मेडर थियो। १० ओभर चौथो बलमा खड्काले युगान्डाका ओपरन रोजर मुसाकालाई आउट गर्दै नेपालका लागि पहिलो विकेट लिएका थिए। त्यसैगरी बसन्त रेग्मीले १० ओभर बलिङ गर्दै २ मेडर राखेर १० रन दिएर २ विकेट लिए भने सोमपाल कामीले ९ ओभर ५ बल बलिङ गर्दै ३१ रन दिएर दुई विकेट लिए। शक्ति गौचनले एक एक विकेट लिए। युगान्डाका दुई खेलाडी रन आउट भए। युगान्डाका लागि ब्रायन मासाबाले सबैभन्दा बढी ४३ रन बनाएका थिए।
प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेलमा नेदरल्यान्डको सामना आइतबार गर्ने छ। नेदरल्यान्डले पहिलो खेलमा क्यानडालाई ६७ रनले पराजित गरेको छ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा