काठमाडौं। नामिबियामा जारी आइसिसि डिभिजन टु लिग क्रिकेटमा युगान्डाले नेपाल सामु १ सय ४७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेको युगान्डा निर्धारित ५० ओभरको खेलमा एक बल बाँकी छँदै १ सय ४६ रनमा अल आउट भएको छ। नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरेका थिए।
९ ओभर बलिङ गरेका उनले १३ रन खर्चेर तीन विकेट लिए। त्यसमा तीन ओभर मेडर थियो। १० ओभर चौथो बलमा खड्काले युगान्डाका ओपरन रोजर मुसाकालाई आउट गर्दै नेपालका लागि पहिलो विकेट लिएका थिए। त्यसैगरी बसन्त रेग्मीले १० ओभर बलिङ गर्दै २ मेडर राखेर १० रन दिएर २ विकेट लिए भने सोमपाल कामीले ९ ओभर ५ बल बलिङ गर्दै ३१ रन दिएर दुई विकेट लिए। शक्ति गौचनले एक एक विकेट लिए। युगान्डाका दुई खेलाडी रन आउट भए। युगान्डाका लागि ब्रायन मासाबाले सबैभन्दा बढी ४३ रन बनाएका थिए।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ