काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली डिभिजन २ को तयारीका लागि बुधबार दक्षिण अफ्रिका प्रस्थान गर्ने भएको छ। यसअघि शनिबार नै जाने तयारी भएपनि खेलाडीको ट्राभल डकुमेन्ट समयमा बनाउन नसकेका कारण टोली बुधबार मात्रै त्यसतर्फ प्रस्थान गरेको हो।
क्रिसमस र नयाँ वर्ष पर्वको कारण श्रीलंकास्थित दक्षिणी दूतावास बन्द रहेका कारण समयमा नेपाली टोलीको आवश्यक कागजात प्राप्त गर्न ढिलाई भएको थियो। बलर अमृत भट्टराई र नेपाली टोलीका अधिकारीहरु भने शुक्रबार मात्रै दक्षिण अफ्रिका जाने छन्। नेपालले दक्षिण अफ्रिकामा अर्ध व्यवसायिक टोलीसँग तीन वटा अभ्यास खेल खेल्ने छ। डिभिजन २ को खेल हुने नामिबियाको मौसम र पिच दक्षिण अफ्रिकासँग मिल्दोजुल्दो छ।
डिभिजन २ को खेल जनवरी १७ देखि २६ सम्म हुने छ। आइसिसी डिभिजन टु क्रिकेटमा नेपालले पहिलो खेल युगान्डासँग खेल्ने भएको छ। नेपालले युगान्डालाई पराजित गर्दै डिभिजन थ्री च्याम्पियन बनेको हो। राउन्ड रोबिनको आधारमा सञ्चालित हुने प्रतियोगिताको दोस्रो खेलमा नेदरल्यान्डसँग जनवरी १८ मा खेल्ने छ । जनवरी २० का दिन क्यानडा र २१ का दिन आयोजक नामिबियासँग नेपालको खेल छ । नेपालले अन्तिम खेल जनवरी २३ का दिन केन्यासँग खेल्ने छ। प्रतियोगिताको फाइनल र प्लअफ खेलहरु जनवरी २४ मा हुनेछ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त