काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली डिभिजन २ को तयारीका लागि बुधबार दक्षिण अफ्रिका प्रस्थान गर्ने भएको छ। यसअघि शनिबार नै जाने तयारी भएपनि खेलाडीको ट्राभल डकुमेन्ट समयमा बनाउन नसकेका कारण टोली बुधबार मात्रै त्यसतर्फ प्रस्थान गरेको हो।
क्रिसमस र नयाँ वर्ष पर्वको कारण श्रीलंकास्थित दक्षिणी दूतावास बन्द रहेका कारण समयमा नेपाली टोलीको आवश्यक कागजात प्राप्त गर्न ढिलाई भएको थियो। बलर अमृत भट्टराई र नेपाली टोलीका अधिकारीहरु भने शुक्रबार मात्रै दक्षिण अफ्रिका जाने छन्। नेपालले दक्षिण अफ्रिकामा अर्ध व्यवसायिक टोलीसँग तीन वटा अभ्यास खेल खेल्ने छ। डिभिजन २ को खेल हुने नामिबियाको मौसम र पिच दक्षिण अफ्रिकासँग मिल्दोजुल्दो छ।
डिभिजन २ को खेल जनवरी १७ देखि २६ सम्म हुने छ। आइसिसी डिभिजन टु क्रिकेटमा नेपालले पहिलो खेल युगान्डासँग खेल्ने भएको छ। नेपालले युगान्डालाई पराजित गर्दै डिभिजन थ्री च्याम्पियन बनेको हो। राउन्ड रोबिनको आधारमा सञ्चालित हुने प्रतियोगिताको दोस्रो खेलमा नेदरल्यान्डसँग जनवरी १८ मा खेल्ने छ । जनवरी २० का दिन क्यानडा र २१ का दिन आयोजक नामिबियासँग नेपालको खेल छ । नेपालले अन्तिम खेल जनवरी २३ का दिन केन्यासँग खेल्ने छ। प्रतियोगिताको फाइनल र प्लअफ खेलहरु जनवरी २४ मा हुनेछ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित