लण्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायतले मिस नेपाल सुबिन लिम्बूलाई सम्मान गरेको छ ।
रिडिंगको फरगोटन बृटिश गोर्खाज भवनमा शनिबार आयोजित कार्यक्रम सत्याग्रह सह-संयोजक सुर्य नेम्बाङ्को सभापतित्वमा आरम्भ भएको थियो । सम्मान कार्यक्रममा बृटिश सरकारको वर्तमान कम्युनिटी मन्त्री रब विल्सन प्रमुख अतिथि थिए भने अतिथिहरुमा फ़रगोटन बृटिश गोर्खाजका संस्थापक पिटर बेकिन्सेल, रिडिंग काउन्सिलका पूर्व मेयर पिटर बियर्ड लगायत फ़रगोटन बृटिश गोर्खाजका निर्देशक चन्द्र बहादुर बुढाथोकी, रिडिंग एक्स सर्भिसमेनका प्रतिनिधि महेन्द्र गुरुङ, रेडिङ ग्रेटर नेपाली समाजका सचिव यादव श्रेष्ठ, मगर संघ प्रतिनिधि टिका थापा, गोर्खा सत्याग्रह आन्दोलनका नेपाल प्रतिनिधि गर्ज बहादुर गुरुङ, गोर्खा सत्याग्रह आन्दोलनका महिला विभागका उप-प्रमुख गदमसरी राई, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष तथा सत्याग्रह आन्दोलनका केन्द्रिय समितिका सदस्य किरण टी लिम्बू, गोर्खा सत्याग्रह आन्दोलनका निर्देशक ज्ञानराज राई र उप-संयोजक तक बहादुर गुरुङको समुपस्थितिमा गोर्खा भूपू सदस्य तथा परिवार सहित अन्य नेपाली समुदायहरुको उल्लेखनीय उपस्थिति थियो ।
सम्मान कार्यक्रममा स्वागत मन्तब्य आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष तथा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका केन्द्रिय समितिका सदस्य किरण टी लिम्बूले दिएका थिए भने आन्दोलनका निर्देशक ज्ञानराज राईले मिस नेपाल २०१४ सुबिन लिम्बूको जीवनी र व्यक्तित्व बारे सभालाई जानकारी दिलाएका थिए । सभाध्यक्ष नेम्बाङ्ले सुबिन लिम्बूसहित वहाँको माता श्रीमती मिना लिम्बु र पिता काजिमान लिम्बुलाई खादा र पुष्प गुच्छाले सम्मान गरे । त्यसपश्चात प्रमुख अतिथि, आमन्त्रित अतिथि र सम्पूर्ण उपस्थित सदस्यहरुले सम्मान गरेका थिए ।
कार्यक्रममा मिस नेपाल सुबिन लिम्बूले सम्मानका लागि धन्यवाद ज्ञापन गर्दै आफू नेपालीको छोरी मात्र नभएर गोर्खालीको छोरी भएकोमा गर्व महसुस भएको र भाग्यमानी ठानेको अनुभूति व्यक्त गरेकी थिइन् । हालै बेलायतमा सम्पन्न विश्व सुन्दरी २०१४ को प्रतियोगी हुने सौभाग्य प्राप्त गरेकोमा यसको प्रथम श्रेय आफ्नो माता-पितालाई दिएकी थिइन् । स्वदेश नेपाल फर्के पश्चात आफुले मिस नेपालले गर्नु पर्ने कर्तब्यलाई गरिब र पिछडिएका नेपाली नारीहरुको सेवा गर्ने आफ्नो योजनामा सहयोगको अपेक्षाा राखेको बताएकी थिइन् ।
प्रमुख अतिथि कम्युनिटी मन्त्री रब विल्सनले सुबिन लिम्बू जति सुन्दरी छिन् नेपाली भएर पनि अंग्रेजी भाषामा उनको प्रभावकारी बोल्ने शैलीले साँच्चै नै दुवै पक्षमा सुन्दरी हुन सक्षम भएको अभिव्यक्ति दिँदै आफू धेरै प्रभावित भएको बताए । सह-संयोजक तक बहादुर गुरुंगले संचालन गरेको कार्यक्रम साँझ करिब ६ बजे समापन भएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित