काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटको बल लागेर निधन भएका अस्ट्रेलियाली ब्याट्सम्यान फिलिप ह्युजको सम्मानमा ६३ ओभरको खेल र उनको ब्याटलाई सगरमाथाको शिखरमा पुर्याउने भएको छ। 
अस्ट्रेलियाको मेलवर्नमा जारी भारत र अस्ट्रेलियाली टेस्टको भोजनको समयमा बोल्दै क्रिकेट अस्ट्रेलियाका अध्यक्ष वली एड्वार्डले क्यानले गरेको प्रस्तावको बारेमा जानकारी गराएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
उनले नोभेम्बरमा ह्युजको निधनको दु:खत घटनाले विश्वभरका क्रिकेट प्रेमीहरुलाई कसरी छोएको रहेछ भनेर देखाएको बताए। क्यानले अर्को वर्षको अप्रिल /मे मा ६३ ओभरको खेल र सगरमाथाको शिखरमा ह्युजले खेल्दा लगाउने लुगा, ब्याट र क्रिकेट अस्ट्रेलियाको झण्डा लैजाने प्रस्ताव गरेको छ। अध्यक्ष एडवार्डले ह्युजको स्मृतिमा आयोजना गर्ने कार्यक्रम सहज ढंगले होस भनेर नेपाली समकक्षीहरुसँग काम गर्ने बताएका छन्। ह्युजको परिवारले पनि क्यानको कार्यक्रम सफल होस भनेर कामना गरेका छन्।
नोभेम्बर महिनामा अस्ट्रेलियाको आन्तरिक प्रतियोगितामा बाउन्सर बलले लागेर ह्युजको निधन भएको थियो। बलले लाग्दा ह्युज ‘६३ रन नट आउट’ थिए। ह्युजको स्मृतिमा कुनै प्रकारको अनियमितता नहोस भनेर अस्ट्रेलिया क्रिकेटले ‘६३ नट आउट’ शब्दालवीको ट्रेडमार्क दर्ता समेत गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार