काठमाडौं। आइसिसी डिभिजन टु क्रिकेटमा नेपालले पहिलो खेल युगान्डासँग खेल्ने भएको छ। नेपालले युगान्डालाई पराजित गर्दै डिभिजन थ्री च्याम्पियन बनेको हो।
नामिबियामा जनवरी १७ देखि २४ सम्म हुने प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरेको हो। राउन्ड रोबिनको आधारमा सञ्चालित हुने प्रतियोगिताको दोस्रो खेलमा नेदरल्यान्डसँग जनवरी १८ मा खेल्ने छ । जनवरी २० का दिन क्यानडा र २१ का दिन आयोजक नामिबियासँग नेपालको खेल रहेको छ। नेपालले अन्तिम खेल जनवरी २३ का दिन केन्यासँग खेल्ने छ। प्रतियोगिताको फाइनल र प्लअफ खेलहरु जनवरी २४ मा हुने छ।
डिभिजन टु खेल्नुअघि दक्षिण अफ्रिकामा त्यहाँका क्षेत्रीय टिमसँग नेपालले अभ्यास खेल खेल्ने छ। नेपाल क्रिकेट संघ (क्यान) ले चार वटा टिमसँग खेल हुने जनाएको छ।
यसैबीच आइसिसीले डिभिजन टुमा सबै देशको टोलीका खेलाडीको नाम पनि सोमबार नै सार्वजनिक गरेको छ। यसैबीच नेपाली अम्पायर वुद्धि प्रधानले प्रतियोगिता चलाउने छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ