काठमाडौं। आइसिसी डिभिजन टु क्रिकेटमा नेपालले पहिलो खेल युगान्डासँग खेल्ने भएको छ। नेपालले युगान्डालाई पराजित गर्दै डिभिजन थ्री च्याम्पियन बनेको हो।
नामिबियामा जनवरी १७ देखि २४ सम्म हुने प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरेको हो। राउन्ड रोबिनको आधारमा सञ्चालित हुने प्रतियोगिताको दोस्रो खेलमा नेदरल्यान्डसँग जनवरी १८ मा खेल्ने छ । जनवरी २० का दिन क्यानडा र २१ का दिन आयोजक नामिबियासँग नेपालको खेल रहेको छ। नेपालले अन्तिम खेल जनवरी २३ का दिन केन्यासँग खेल्ने छ। प्रतियोगिताको फाइनल र प्लअफ खेलहरु जनवरी २४ मा हुने छ।
डिभिजन टु खेल्नुअघि दक्षिण अफ्रिकामा त्यहाँका क्षेत्रीय टिमसँग नेपालले अभ्यास खेल खेल्ने छ। नेपाल क्रिकेट संघ (क्यान) ले चार वटा टिमसँग खेल हुने जनाएको छ।
यसैबीच आइसिसीले डिभिजन टुमा सबै देशको टोलीका खेलाडीको नाम पनि सोमबार नै सार्वजनिक गरेको छ। यसैबीच नेपाली अम्पायर वुद्धि प्रधानले प्रतियोगिता चलाउने छन् ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित