काठमाडौं । जल तथा मौसम विज्ञान विभागले खुम्बु र त्यस आसपास क्षेत्रमा हिमपहिरोसहित अन्य प्राकृतिक विपत्तिको चेतावनी जारी गरेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सबै सरोकारवालालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।
नाम्चे बजारको आसपास केन्द्रविन्दु बनाएर बिहीबार राति भूकम्प गएपछि विभागले यस्तो चेतावनी जारी गरेको हो। बिहीबार राति ५.९ रेक्टर स्केलको भूकम्पपछि सुरक्षा निकाय, जिल्ला रेडक्रस र स्वास्थ्य निकायको बैठकले सतकर्ता जारी गरेको हो। भूकम्पले पुर्याएको जनधनको क्षति बारे कुनै जानकारी नआएको स्थानीय प्रशासनले जनाएको छ।
सगरमाथाको तल्लो तटका बासिन्दा भूकम्पका कारण अझै त्रसित रहेको कार्यालयले जनाएको छ। खुम्जुङ, सल्लेरी र जुबिनसहित खुम्बु क्षेत्रका बासिन्दाले भूकम्पपछि हिम पहिरोसहित अन्य प्राकृतिक विपत्ती आउन सक्ने त्रासमा रातभर जागराम बसेको बताएका छन्। भूकम्पको केन्द्रबिन्दु आसपास क्षेत्रमा हिम पहिरो सहित हिमनदी विष्फोटको खतरा हुने गर्दछ। विज्ञहरुले सोलुमा मात्रै नभएर बिहीबारको भूकम्पको कारण च्छो रोल्प हिमताल आपसापको क्षेत्रमा समेत सतर्क अवस्थामा बस्नु पर्ने बताएका छन्।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम