शनिबार, कार्तिक ८ २०७७ | Sat, October 24, 2020
नेपालको समय: १२:०६ | UK Time: 07:21

साफ वीमेन्स भलिबलमा नेपालको विजयी शुरुवात

वीनेपाली
२०७१ पुष ४ गते १९:५४

काठमाडौं। नेपाल र श्रीलंका काठमाडौमा जारी पहिलो साउथ एशियाली महिला भलिबल च्याम्पियनशीपमा शुक्रबार भएको खेलमा विजयी भएका छन्।Nepal_Women_Volleyball

दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। श्रीलंकाले बंगलादेशलाई ३-० को सोझो सेटमै पराजित गर्‍यो। नेपालले माल्दिभ्सलाई २५-०, २५-११, २५-१३ र श्रीलंकाले बंगलादेशलाई २५-६, २५-१८र २५-१६५को सेटमा पराजित गरेको हो ।

नेपाल आठ वर्षपछि दक्षिण एशियाली स्तरको भलिवल प्रतियोगितामा सहभागी भएको हो। प्रतियोगिताको उद्घाटन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक