नेपाली दूतावास लण्डनले साउथ इष्ट लण्डनको उलवीचमा एमआरपी पासपोर्टको लागि आवेदन फाराम संकलन गरेको छ । नेपाल फोरम ग्रीनवीचको आयोजना र कपिलवस्तु समाजको सहकार्यमा उलवीचको लोटस हलमा फारम संकलन भएको हो । करिव तीन सय एमआरपी आवेदन फाराम संकलन गरिएको जानकारी नेपाल फोरम ग्रीनवीचका अध्यक्ष राम अधिकारीले दिए । चार्ल्टन नेपाली समाज लगायत स्थानीय संघ संस्था तथा सामाजिक व्यक्तित्व हरुले यसमा सहयोग र समन्वय गरेका थिए ।
फारम संकलनको लागि दूतावासबाट कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री सहित ८ कर्मचारी र स्थानीय तहबाट दर्जनौ स्वयंसेवक खटिएका थिए । कम्युटर मार्फत फाराम भर्न सघाउन थुप्रै नयां पुस्ताका नेपाली किशोर किशोरीले योगदान गरे । शुरुमा प्रिन्टर लगायत प्राविधिक कठिनाइले केहि अलमल देखिए पनि पछि संकलन कार्यले गति लिएको थियो ।
नेपाली दूतावास लण्डनले बिगत केही महिना देखि बेलायतका बिभिन्न स्थानमा स्थानीय संघ संस्थाको सहकार्यमा घुम्ती शिविर संचालन गर्दै पासपोर्ट फाराम बटुली रहेको छ । अन्तराष्ट्रिय हवाई नीति अनुरुप आगामी बर्षको नोभेम्बरदेखि हस्त लिखित पासपोर्ट प्रयोग नहुने भएपछि विदेशस्थित नियोगहरुमा एमआरपीको चाप बढ्दै गएको छ भने सरकारले सम्बन्धित सबैमा यथासक्य छिटो बनाउन आवहान गरेको छ । लण्डन दूतावासले बिदाको दिनमा समेत घुम्ती टोली खटाउने सेवामुखी कामको यहां जनमानसमा प्रशंशा हुने गरेको छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]