लण्डन । नेपाली काँग्रेसको युकेस्थित संस्था नेपाली जनसम्पर्क समिति युकेका महामन्त्री विश्व घिमिरेले पदबाट राजिनामा दिएका छन् ।
समितिको तेस्रो अधिवेसनबाट महामन्त्रीमा निर्वाचित घिमिरेले नेतृत्वप्रति असक्षमताको आरोप लगाउँदै पदबाट राजिनामा दिएको एक प्रेस विज्ञप्तिमार्फत बताएका छन् ।
समितिको तेस्रो अधिवेसनका क्रममा सहभागीहरुबाट आएको सुझाव र नेतृत्वलाई दिइएको जिम्मेवारी पूरा गर्न नेतृत्व चुकेको उनले जिकिर गरेका छन् ।
नेतृत्वलाई कार्यसमितिभित्र जिम्मेवारी बाँडफाँड र असन्तुष्टहरुलाई सहमतिमा ल्याई जिम्मेवारी दिलाउन माग गर्दै विगत आठ महिनादेखि बैठक बहिस्कार गर्दै दबाब दिँदा पनि नेतृत्वले अटेर गरेपछि बाध्य भई राजिनामा दिनुपरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
आफनो अडानलाई नेतृत्वले व्यक्तिगत द्वेष र कमजोरीका रुपमा लिएपछि नेता र कार्यकर्ताहरुको सुझावका आधारमा राजिनामा दिएको उनले बताएका छन् ।
उनले नेपाली काँग्रेसलाई एकढिक्का बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् भने राजिनामापछि पनि जनसम्पर्क समितिलाई संस्थागत विकास र सहमतिका लागि स्वतन्त्र ढंगले योगदान दिने बताएका छन् ।
उनी देउवा निकट लोक गुरुङ अध्यक्ष रहेको नेपाली जनसम्पर्क समिति युकेको महामन्त्री थिए । उनको राजिनामापछि पनि जनसम्पर्क समिति युकेमा अझै दुई महामन्त्री छन् ।
बेलायतमा काँग्रेसका दुई समानान्तर समिति रहेका छन् । केही सातायता केन्द्रको दबाबमा एकताका लागि वार्ता समिति बनाएका छन् । यसबेलामा आएको घिमिरेको राजिनामा अर्थपूर्ण रहेको छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]