
लन्डन । कन्हैया मेमोरियल (केएम) होस्टेल ३९ जिटिसी, वराणसीमा बसेर अध्ययन पुरा गरि हाल विश्वभर छरिएर रहेका भारतीय गोर्खा सैनिक परिवारले काठमाण्डौंस्थित नयां नेपाल केन्द्रमा आश्रित टुहुरा वालवालिकालाई सहयोग गरेका छन् । शनिवार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा ३ देखि १४ वर्ष उमेरका ति वालवालिकालाई नगद करिव तीन लाख रुपैयां, जाडो छल्न लत्ता कपडा र खानेकुरा प्रदान गरिएको लन्डन बस्ने डमर शाहीले जनाए ।
बेलायतबाट सहयोग रकम संकलन गरि नेपाल गएका कमल खड्का, काठमाण्डौंमै बसि संयोजनको भूमिका निर्वाह गर्ने उत्तम खड्का लगायतले केन्द्रका संस्थापक एवं प्रवन्धक कृष्णराज गुरुङलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
उक्त होस्टेलमा बसेर अध्ययन सकि हाल विदेशमा रहेका मध्ये बेलायतबाट कमल खड्का, फत्त थापा, क्याप्टेन वुद्धि भण्डारी, डमर शाही, हङकङबाट नर थापा, नर्वेबाट अरमान, अमेरिकाबाट भेषराज थापा, बहराइनबाट सुरज लगायतले आर्थिक सहयोग जुटाएका थिए ।
उक्त समूहले भाइवर र सामाजिक सञ्जालमार्फत अपिल गरि पहिलोपटक सहयोग जुटाएको हो ।
लन्डनस्थित डमर शाहीले विदेशमा रहेपनि स्वदेशका विपन्न समुदायका लागि केही गर्ने उद्देश्य अनुरुप सानो सहयोग प्रदान गरिएको उल्लेख गरे ।
उक्त केन्द्रमा करिव एकसय टुहुरा वालवालिका आश्रित छन् । संस्थापक गुरुङले ति वालवालिकाको रेखदेख र लालनपालनका लागि आफ्नो घर नै बेचेको समूहका कमल खड्काले जनाएका छन् ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]