काठमाडौं। राष्ट्रपति रामवरण यादवले २०६२-६३ को आन्दोलन पक्षबीच संविधानका अन्तर्वस्तुमा तत्काल सहमति कायम गर्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहीबार साँझ शीतल निवास पुगेका प्रधानमन्त्री कोइरालालाई छिटो दलीय सहमति जुटाएर माघ ८ मै संविधान जारी गर्ने भनि जनतासँग गरेको प्रतिवद्धता पनि स्मरण गराएका छन्। यादवले ठूलो पार्टीको सभापति र प्रधानमन्त्रीको हैसियतमा कोइरालाको जिम्मेवारी बढी भएको बताएका हुन्। 
संविधानमा सहमति जुटाउन विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल तीव्र पारेका राष्ट्रपतिले प्रधानमन्त्री कोइरालालाई सकेसम्म सबै पक्षलाई समेटेर अघि बढ्न सुझाव दिएका हुन् । उनले प्रधानमन्त्री कोइरालालाई समयमै संविधान नबने आन्दोलनबाट प्राप्त उपलब्धी समेत गुम्न सक्नेतर्फ सचेत गराएका थिए।
नयाँ संविधानले मात्र आन्दोलनका सबै उपलव्धि संस्थागत गर्ने दोहोर्याउँदै राष्ट्रपति यादवले राष्ट्रिय एकता, खण्डतालाई अक्षुण्ण राख्न सहयोग पुग्ने सुनाए ।
राष्ट्रपति यादवले बिहीबार बिहान मधेसी जनअधिकार फोरम लोकतान्त्रि अध्यक्ष विजय गच्छदार, दिउँसो तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर र साँझ नै एमाले नेता माधवकुमार नेपालसँग पनि संविधान निर्माणका विषयमा परामर्श गरेका थिए।
राष्ट्रपतिले दलीय स्वार्थ भन्दा माथि उठेर विवादित विषयमा सहमति कायम गर्न दोहोर्याउँदै दलीय प्रतिवद्धता अनुसार माघ ८ भित्रै संविधान जारी गर्न उनीहरुलाई सम्झाएका छन् । राष्ट्रपतिले केही दिन देखि प्रमुख दलका शीर्ष नेतासँग परार्मस जारी राखेका छन् ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार