
लन्डन । २ वर्ष अगाडि राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा लोथर गाविसको कान्दामा “एउटै परिवारका ८ सदस्यको च्याउ खाएर मृत्यु” भन्ने शीर्षकमा समाचार सार्वजनिक भयो । यो समाचारले धेरैको मन छोयो । अझ लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमको त मन मात्र छोएन, उनीहरुको कारुणिक अवस्थाले उनलाई चेपाङको वर्तमान र भविष्यप्रति नै चिन्तित बनायो । उनी कान्दाको पीडा बुझ्न लागे । परिवारमा ७४ वर्षीय १ बृद्धा र १७ दिनको बालक मात्र जीवित भएको जानकारीले गौतममा त्यो समाजका लागि केही गर्नुपर्छ भन्ने भावना जन्मियो ।
विष्णु गौतम आफू पनि फरक–फरक देश र समयमा सडक दुर्घटनामा २ जवान छोरा गुमाइसकेको अवस्थामा त्यो समाचार देख्नासाथ त्यसतर्फ लागे । २ जनाको उद्दारमा खटिएको लक्ष्मी प्रतिष्ठानको टिमले त्यस क्षेत्रमा बसोबास गर्दै आएका चेपाङ तथा तामाङहरुको दयनीय अवस्था देखेपछि कान्दाका लागि केही गर्नुपर्छ भन्ने योजना बनायो । सुरुमा सामान्य सहयोग मात्र गर्नुपर्छ भनेर कान्दा पुगेको प्रतिष्ठानले कान्दा रुपान्तरण अभियानकै योजना बनायो ।
योजनामा प्रत्येक परिवारलाई बसोबासका लागि घर, उनीहरुको सिपलाई परिमार्जन गर्दै आफ्नो ठाँउबाट गर्न सक्ने काम, बाख्रा पालन, मौरीपालन, फलफूल खेती सम्बन्धि तालिम उपलब्ध गराई उनीहरुसंग भएको पाखो बारी प्रयोग गरी आत्मर्निभरता गराउन र त्यसका लागि एक परिवार २ बाख्रा, २ घार मौरी, भौगोलिक बनावट अनुसार विभिन्न फलफूलका विरुवाहरु ४० बोट र उनीहरुका बालबालिकाहरुका लागि छात्रवासमा राखी पढाउने योजना बन्यो ।
यतिखेर सम्म त्यो योजना कार्यान्वायनको मध्य भाग पुगिसकेको छ । विभिन्न जातका ३५ सय विरुवा रोप्ने लक्ष्य राखिएकोमा हाल सम्म प्रतिष्ठानले विभिन्न फलफूलका १२ सय विरुवा रोपिसकेको छ । ८५ घर बनाउने लक्ष्य अनुरुप २८ वटा घर निर्माण भइसकेको छ भने प्रत्येक घरमा टुकीको सट्टा सोलार बत्तीको व्यवस्था गरिसकिएको छ । कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालयका छात्रछात्राका लागि १०६ सिट क्षमताको छात्रावास निर्माण कार्य पनि भइरहेको छ ।
८ घण्टा पैदल हिंडेर उकालो चढ्नु पर्ने कान्दामा यो वर्षको आर्थिक बजेट मार्फत नेपाल सरकारले मोटर बाटो लाने योजना बनाएको छ भने हाल सम्म सञ्चारबाट टाढा रहेको कान्दा गाँउमा केही महिना भित्रै दुर सञ्चारको टावर बन्ने योजना छ ।
प्रतिष्ठानले माथि उल्लेखित कामहरु पनि छुट्टै प्रकृति अनुसार गरिरहेको छ । यसले नेपाल नेपालीको हो र जे गर्नुछ नेपाली नै गर्न अगाडि बढ्नु पर्छ भन्ने मान्यता राखेर संसारभर फैलिएर रहेका नेपालीलाई विभिन्न सामाजिक सञ्जाल मार्फत अनुरोध गरिरहेको छ । प्रतिष्ठानले यूके, अमेरिका, जापान, इजरायल, कोरिया लगायत विभिन्न देशबाट सहयोग प्राप्त भइरहेको पनि जनाएको छ । यति बेलासम्म सबै भन्दा बढि सहयोग उपलब्ध गराउनेमा यूकेस्थित मनकारी युवा सुवास र मुनु न्यौपानेको जोडी छ भने उक्त कार्यका लागि अग्रपंक्तिमा रहेर प्रतिष्ठानका युरोप संयोजक सुरेन्द्र श्रेष्ठले अभियान सञ्चालन गरिरहेका छन् ।
प्रतिष्ठानको योजना अनुसार श्रेष्ठसहितको टोली गरिब चेपाङहरुका लागि दशैं खर्च संकलन देखि कान्दामा बन्दै गरेको छात्रवासका लागि जस्तापाता खरिद गर्न समेत पुगेको छ । दिनेश पहारीले म्याराथन दौडमा सहभागी भएर उपलब्ध गराएको रकम बाट सन् २०१५ मा चितवन जिल्लाको हात्तीधाप भन्ने ठाँउमा आँखा शिविर संचालन गर्ने योजना छ । त्यस्तै इशा गुरुङले पनि सहयोगी हात बढाइरहेकी छिन् ।

एनआरएनए केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले स्पेनमा हालै आयोजित एनआरएनए क्षेत्रीय भेलामा १० वटा घर निर्माण गरिदिने वचनवद्धताको प्रस्ताव सर्वसम्मत पारित भएको जनाए । हालसम्म व्यक्तिगत रुपमा सुवास न्यौपाने, सुरेन्द्र श्रेष्ठ, आस्डा स्टोरमा कार्यरत नेपालीहरुको आस्था समूह, गत अगष्ट महिनामा पानीजहाजमा यूकेबाट नर्वे होलिडे जाने नेपालीको समूह, करिव चारवर्ष देखि यूकेमा सञ्चालित साझा इन्भेष्टमेन्ट लिमिटेड, चितवन एड ट्रष्ट यूके, नेपलिज सेफ एसोसिएसन यूके र चाल्टर्नमा बसोवास गर्ने नेपालीहरुको देउसी भैलो टोलीले एक एक वटा घर निर्माण गर्ने रकम उपलव्ध गराइसकेका श्रेष्ठले वीनेपालीलाई जनाए । यती नेपाली एसोसिएसन यूके लगायत अन्य केही सामाजिक संघसंस्थाहरुले पनि सहयोगको वचन दिएका छन् । यूकेबाट २० वटा घर बनाउने र त्यसलाई यूके टोल नामकरण गरिने प्रतिष्ठानका युरोप संयोजक श्रेष्ठले बताए । श्रेष्ठले यस अभियानमा सहभागी हुन सबैलाई आव्हान गरेका छन् ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा