लन्डन । करि उद्योगको अस्कर मानिने ब्रिटिश करि अवार्डमा यसपटक चार नेपाली रेष्टुरेन्ट टप सयमा पर्न सफल भएका छन् । सोमबार सांझ लन्डन ब्याटरसी इभोलुसनमा आयोजित भव्य समारोहबीच ति रेष्टुरेन्टका सञ्चालकहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
बेलायतका चारहजार भन्दा बढि रेष्टुरेन्ट नोमिनेशन भएका मध्ये बेलायतको साउथ इष्ट क्षेत्रबाट सूर्य गुरुङको फार्नवोरोस्थित गोर्खा प्यालेस् रेष्टुरेन्ट,
किशोर सापकोटाको फोकस्टोनस्थित गोर्खा प्यालेस, पशुपति भण्डारीको आसफोर्डस्थित एभरेष्ट इन र रोशन सापकोटाको एभरेष्ट स्पाइस टप एकसयमा पर्न सफल भएका हुन् । गुरुङको गोर्खा प्यालेस् यो वर्ष सहित तेश्रो पटक लगातार टप एकसयमा पर्न सफल भएको हो । बेलायतमा करिब १२ हजार फाइन डाइन रेष्टुरेन्ट रहेको अनुमान छ ।
गुरुङले नेपाली रेष्टुरेन्टले पनि बेलायतको करि उद्योगमा आफ्नो स्थान सुरक्षित गर्दै लगेको बताए । ‘हामीले यस्ता कार्यक्रमबाट धेरै सिक्नु छ’, उनले वीनेपालीसंग भने ।
आ आफ्नो क्षेत्रका ग्राहकले आफ्नो मन परेको रेष्टुरेन्टलाई दिएको मत, खाना, फुड एण्ड हाइजिन, मेनु, साजसज्जा आदिका आधारमा रेष्टुरेन्ट उत्कृष्ट छानिन्छ । नोमिनेशनमा परिसकेपछि पनि निर्णायकहरुले गोप्य तरिकाले रेष्टुरेन्टका हरेक गतिविधि र खाना परिक्षण गर्ने गर्छन् ।
यसपटकको अवार्डमा प्रमुख अतिथी गृहमन्त्री टेरेसा मे थिइन् भने अन्य क्याबिनेट मन्त्री, सांसदहरु, काउन्सिलरहरु, ब्रिटिश सेलिब्रेटीहरु, नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, नेपाली रेष्टुरेन्ट व्यवसायी लगायत करिब १८ सय सहभागी थिए । सहभागी नभएका प्रधानमन्त्री डेभिड क्यामरुनको मन्तव्य भने भिडियोमार्फत देखाइएको थियो । उनले मन्तव्यका क्रममा करि उद्योगले बेलायतको अर्थतन्त्रमा दिएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा आयोजक इनम अली एमबीइले आफूहरुलाई दक्ष जनशक्ति अभाव रहेको दर्शाउंदै सरकारबाट सकारात्मक सहयोगको अपेक्षा गरेका थिए । प्रतिउत्तरमा गृहमन्त्री मेले सहयोगको प्रतिवद्धता जनाएको मेको भनाइ उधृत गर्दै गुरुङले जनाए ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण