लन्डन। नेपाली सुरक्षा गार्डलाई फोनमा जातीवादी अपशब्द प्रयोग गर्ने बेलायतका पूर्वमन्त्री डेभिड मेलोरसँग प्रहरीले सोधपुछ गरेको बेलायती सञ्चार माध्यमले जनाएको छ। बेलायती पत्रिका द सनले नेपाली सुरक्षागार्डले फोनमा अंग्रेजी भाषा बोल्न आउँदैन भनेपछि मेलोरले गाली गलौज गरेका थिए।
एक पोलिस सुरक्षागार्डलाई पनि मेलोरले तिमी जस्तो मानिस यहाँ काम गर्ने होइन भनेर औला ठड्याएका थिए। त्यसैको सिलसिलामा पूर्व राष्ट्रिय सम्पदा सम्बन्धी मन्त्री मेलोरसँग प्रहरीले गत वर्ष मार्च २६ मा भएको सो घटनाको विषयमा सोधपुछ गरेको थियो।
सन् २०१३ मे २३ का दिन उनले पूर्वी लन्डनस्थित एक प्रहरी स्टेसनमा बयान दिएको बताइएको थियो। प्रोसिक्युटरको कार्यालयले मुद्दा चलाउन आवश्यक नभएको बताएपछि गिरफ्तार नगरिएको प्रहरीले जनाएको छ। जोन मेजरको मन्त्रिषरिषद्मा उनी मन्त्री थिए । पछिल्लो पटक एक ट्याक्सी ड्राइभरलाई गाली गरेको खुलासा भएपछि करिब डेढ वर्षअघिको सो घटनापनि सार्वजनिक भएको हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा