लन्डन। नेपाली सुरक्षा गार्डलाई फोनमा जातीवादी अपशब्द प्रयोग गर्ने बेलायतका पूर्वमन्त्री डेभिड मेलोरसँग प्रहरीले सोधपुछ गरेको बेलायती सञ्चार माध्यमले जनाएको छ। बेलायती पत्रिका द सनले नेपाली सुरक्षागार्डले फोनमा अंग्रेजी भाषा बोल्न आउँदैन भनेपछि मेलोरले गाली गलौज गरेका थिए।
एक पोलिस सुरक्षागार्डलाई पनि मेलोरले तिमी जस्तो मानिस यहाँ काम गर्ने होइन भनेर औला ठड्याएका थिए। त्यसैको सिलसिलामा पूर्व राष्ट्रिय सम्पदा सम्बन्धी मन्त्री मेलोरसँग प्रहरीले गत वर्ष मार्च २६ मा भएको सो घटनाको विषयमा सोधपुछ गरेको थियो।
सन् २०१३ मे २३ का दिन उनले पूर्वी लन्डनस्थित एक प्रहरी स्टेसनमा बयान दिएको बताइएको थियो। प्रोसिक्युटरको कार्यालयले मुद्दा चलाउन आवश्यक नभएको बताएपछि गिरफ्तार नगरिएको प्रहरीले जनाएको छ। जोन मेजरको मन्त्रिषरिषद्मा उनी मन्त्री थिए । पछिल्लो पटक एक ट्याक्सी ड्राइभरलाई गाली गरेको खुलासा भएपछि करिब डेढ वर्षअघिको सो घटनापनि सार्वजनिक भएको हो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण