
लण्डन । नेपाल आदिवासी जनजाति महासंघ, बेलायतको पहलमा बेलायतमा रहेका आदिवासी जनजातिहरुले पद्मरत्न तुलाधरको संयोजकत्वमा गठित आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाललाई १८ लाख रुपियाँ सहयोग गर्ने भएका छन् ।
महासंघको आज लण्डनमा अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको महासचिव नरेश काङमाङ राईले जानकारी दिए ।
महासचिव राईका अनुसार बैठकमा महासंघमा आवद्ध ११ वटा जातीय संस्थाहरुले १/१ हजार पाउण्डका दरले सहयोग गर्ने सर्वसम्मतिले निर्णय भएको छ भने किरात राई यायोख्याले २ हजार पाउण्ड सहयोग गर्ने वचन दिएको छ ।
महासंघमा मगर, गुरुङ, राई, लिम्बु, तामाङ, दुरा, छन्त्याल, शेर्पा, हृयोल्मो, सुनुवार र याख्या जातिका संस्था आवद्ध छन् ।
यस्तै, बैठकले बेलायतमा रहेका संघीयतावादीहरुको मोर्चा पनि गठन गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी आवद्ध हिमालयन अर्गनाइजेसनका पदम गाहालाई मोर्चाको संयोजक तोकिएको छ । मोर्चामा एनेकपा माओवादी सम्वद्ध प्रगतिशील नेपाल नेपाली समाज, नेकपा-माओवादी सम्वद्ध प्रगतिशील नेपाली समाज, संघीय समाजवादी पार्टी आवद्ध संघीय समाज र संघीय लिम्बुवान पार्टी आवद्ध संघीय लिम्बुवान एकता समाज रहेका छन् ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी