लन्डन । युवाहरुमाझ चर्चित गायक दिव्या सुव्वा र रक व्याण्ड अल्बाट्रोस पहिलोपटक लन्डन आउने भएका छन् । इलाइट इभेन्टले आगामी २० डिसेम्बर सांझ लन्डनस्थित ट्रोक्सीमा गर्न लागेको लाइभ कन्सर्टमा सहभागी हुन उनीहरु लन्डन आउने तयारी अन्तिममा छ ।
धेरै समयदेखि बेलायत आउने उनीहरुको प्रयास असफल भएर टिकट समेत फिर्ता गर्नुपरेको तीतो यथार्थबीच यसपटक भिसा लागेपछि बेलायतस्थित तिनका युवा फ्यान र आयोजक दुवै उत्साहित छन् ।
विहीबार आयोजित एउटा पत्रकार सम्मेलनमा आयोजकमध्ये एक एलबीजेड गुरुङले दिव्या आगामी १३ र अल्बाट्रोस व्याण्ड सदस्यहरु १६ डिसेम्बरमा लन्डन उत्रने जनाए । उनले क्रिशमसको पूर्व सन्ध्यामा बेलायतको व्यस्तताबीच टाढिएका साथीभाई अनि आफन्तजनसंग मेलमिलाप र युवाहरुलाई गुणस्तरिय कार्यक्रम दिन कन्सर्ट गरिएको प्रष्ट्याए । अर्का आयोजक मेख गुरुङका भनाइमा नेपाली गीतसंगीतको प्रवद्र्धन कार्यक्रम गर्नुको अर्को उद्देश्य पनि हो ।
युवा समूहमा केन्द्रित प्राय कार्यक्रम झैंझगडामा परिणत हुने विगतलाई मध्यनगर गर्दै यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको जनाउंदै मेखले तीनहजार क्षमताको उक्त हलमा केवल २७ सय दर्शकमात्र प्रवेश गराउने योजना सुनाए ।
मध्यरातसम्म लाइभ कन्सर्ट भएपछि डिजे सिभा र डिजे विकीको संगीतमा रातभर डान्स पार्टी गर्ने तयारी आयोजकको छ । आयोजकले डिसेम्बर १८ देखि २२ सम्म जन्मदिन पर्ने सबैलाई निशुल्क प्रवेश व्यवस्था समेत मिलाएका छन् । कार्यक्रमको टिकट २५, ३० र ३५ तोकिएको छ । बढ्दो मागसंगै पहिलो चरणको टिकट सकिएर अर्को छपाइ प्रक्रियामा रहेको एलबीजेडले जनाए ।
सरला थापा र मिरुना मगरले सञ्चालन गर्ने उक्त कार्यक्रममा स्थानीय व्याण्ड ‘हामी’ ले पनि साथ दिने सुरज सिंहले जनाए ।
इलाइट इभेन्ट्का तर्फबाट एलबीजेड गुरुङ, मेख गुरुङ, म्याक्सी गुरुङ, विजय गुरुङ, सुरज सिंह र सञ्जय पुनले कार्यक्रम गर्न लागेका हुन् । आयोजकहरु यस क्षेत्रमा अनुभवी भएकाले कार्यक्रम रोमाञ्चक र स्तरिय हुने धेरैको विश्वास छ । उक्त कार्यक्रमलाई रेडियो राइनोले प्रत्यक्ष लाइभ गर्ने भएको छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने