लन्डन । युवाहरुमाझ चर्चित गायक दिव्या सुव्वा र रक व्याण्ड अल्बाट्रोस पहिलोपटक लन्डन आउने भएका छन् । इलाइट इभेन्टले आगामी २० डिसेम्बर सांझ लन्डनस्थित ट्रोक्सीमा गर्न लागेको लाइभ कन्सर्टमा सहभागी हुन उनीहरु लन्डन आउने तयारी अन्तिममा छ ।
धेरै समयदेखि बेलायत आउने उनीहरुको प्रयास असफल भएर टिकट समेत फिर्ता गर्नुपरेको तीतो यथार्थबीच यसपटक भिसा लागेपछि बेलायतस्थित तिनका युवा फ्यान र आयोजक दुवै उत्साहित छन् ।
विहीबार आयोजित एउटा पत्रकार सम्मेलनमा आयोजकमध्ये एक एलबीजेड गुरुङले दिव्या आगामी १३ र अल्बाट्रोस व्याण्ड सदस्यहरु १६ डिसेम्बरमा लन्डन उत्रने जनाए । उनले क्रिशमसको पूर्व सन्ध्यामा बेलायतको व्यस्तताबीच टाढिएका साथीभाई अनि आफन्तजनसंग मेलमिलाप र युवाहरुलाई गुणस्तरिय कार्यक्रम दिन कन्सर्ट गरिएको प्रष्ट्याए । अर्का आयोजक मेख गुरुङका भनाइमा नेपाली गीतसंगीतको प्रवद्र्धन कार्यक्रम गर्नुको अर्को उद्देश्य पनि हो ।
युवा समूहमा केन्द्रित प्राय कार्यक्रम झैंझगडामा परिणत हुने विगतलाई मध्यनगर गर्दै यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको जनाउंदै मेखले तीनहजार क्षमताको उक्त हलमा केवल २७ सय दर्शकमात्र प्रवेश गराउने योजना सुनाए ।
मध्यरातसम्म लाइभ कन्सर्ट भएपछि डिजे सिभा र डिजे विकीको संगीतमा रातभर डान्स पार्टी गर्ने तयारी आयोजकको छ । आयोजकले डिसेम्बर १८ देखि २२ सम्म जन्मदिन पर्ने सबैलाई निशुल्क प्रवेश व्यवस्था समेत मिलाएका छन् । कार्यक्रमको टिकट २५, ३० र ३५ तोकिएको छ । बढ्दो मागसंगै पहिलो चरणको टिकट सकिएर अर्को छपाइ प्रक्रियामा रहेको एलबीजेडले जनाए ।
सरला थापा र मिरुना मगरले सञ्चालन गर्ने उक्त कार्यक्रममा स्थानीय व्याण्ड ‘हामी’ ले पनि साथ दिने सुरज सिंहले जनाए ।
इलाइट इभेन्ट्का तर्फबाट एलबीजेड गुरुङ, मेख गुरुङ, म्याक्सी गुरुङ, विजय गुरुङ, सुरज सिंह र सञ्जय पुनले कार्यक्रम गर्न लागेका हुन् । आयोजकहरु यस क्षेत्रमा अनुभवी भएकाले कार्यक्रम रोमाञ्चक र स्तरिय हुने धेरैको विश्वास छ । उक्त कार्यक्रमलाई रेडियो राइनोले प्रत्यक्ष लाइभ गर्ने भएको छ ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा