लण्डन । गोरखाहरु बेलायती सेनामा भर्ती भएको दुई शताब्दी पुगेको अवसर मनाउन युके मातहतको जर्सी आइल्याण्डमा नयाँ च्यारिटी गठन गरिएको छ ।
युके अधीनस्त भएपनि फ्रान्स नजिक अवस्थित जर्सीमा द गोरखा वेलफेयर ट्रष्ट जर्सी नामक च्यारिटी संस्था गठन गरिएको स्थानीय वेभ पोर्टल आइल्याण्ड न्युजले जनाएको छ ।
गोरखाहरुले बेलायती राजमुकुटको सेवा गर्न थालेको आगामी वर्ष २०० वर्ष पुग्दैछ र सो अवसरलाई बेलायतभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ ।
जर्सीका धेरै सैनिक अधिकृतहरुले गोरखा अफिसरका रुपमा काम गरेकाले बेलायत र गोरखा रेजिमेण्टप्रति जर्सीको विशेष सम्बन्ध रहेको बताइएको छ ।
नवगठित ट्रष्टले गोरखा वेलफेयर ट्रष्टसित नजिक रहेर काम गर्ने बताइएको छ । सो ट्रष्टले गोरखाहरुको उदगम भूमि नेपालमा मानवीय कार्य र सेवाका लागि सहयोग जुटाउने लक्ष्य राखेको छ ।
गोरखा रेजिमेण्टमा काम गरेका नौ अफिसर अहिले जर्सीमा बसोबासरत छन् । जसमध्ये छ जना सो ट्रष्टको ट्रष्टिज रहेका छन् । ट्रष्टका अध्यक्षमा पूर्व सेकेण्ड गोरखा राइफल्सका नाइजल हज रहेका छन् ।
च्यारिटी घोषणा कार्यक्रममा ट्रष्टका संरक्षक तथा जर्सीका गनर्भर सर जोन म्याकोल, जर्सीका ब्यालिफ सर माइकल बर्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आमन्त्रित करिब १३० पाहुनालाई दाल, भात र तरकारी खुवाउन दुई जना गोरखा सेफलाई लगिएको थियो । सो कार्यक्रमका मुख्य वक्ता गोरखा वेलफेयर ट्रष्टका निर्देशक कर्णेल विलियम सटलहुड रहेका थिए ।
कार्यक्रममा बोल्दै गभर्नर म्याकोलले जर्सी गोरखा सैनिकहरुप्रति ऋणी रहेको बताए ।
सो ट्रष्टले सन् २०१५ मा गोरखा रेजिमेण्टको दुई शताब्दीका अवसरमा विभिन्न कार्यक्रम राखेको छ भने नेपालमा रहेका गोरखा सैनिक र उनीहरुका परिवारलाई सहयोग गर्न सहायता संकलन गर्ने भएको छ ।
गोरखाहरु उनीहरुको असाधारण लडाकुपन, सहनशीलता, वफादारी, निस्वार्थ सेवा र लडाइामा अदम्य साहसका लागि नामुद छन् ।
अफगानिस्तानबाट फर्केपछि राजकुमार हृयारीले भनेका थिए – गोरखाहरुको साथमा हुनु जतिको सुरक्षित ठाउँ अरु छैन ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने