लन्डन । जलवायु परिवर्तन सम्वन्धि बेलायती मन्त्री एम्वर रदले नेपाली एवं भूपू गोर्खाहरुद्धारा सञ्चालित एउटा उर्जा कम्पनीको सोमबार औपचारिक उद्घाटन गरेकी छन् । कम्पनीले सेवा थालेको वर्ष दिनपछि मन्त्री रदले फार्नवोरोस्थित उर्जा प्रदायक कम्पनी जिनर्जीको उद्घाटन गरेकी हुन् । समारोहमा अल्डरसट क्षेत्रका सांसद तथा पूर्व मन्त्री सर जेराल्ड होवार्थ समेत सहभागी थिए ।
कम्पनी उद्घाटनपछि मन्त्री रदले नेपाली समुदायबाटै यस्तो पहल गरिनु प्रशंसनीय भएको बताइन् । उनले सरकारले यस्ता साना उद्योगलाई प्रोत्साहन गर्ने उल्लेख
गर्दै आवश्यक सहयोगको समेत प्रतिवद्धता दिलाइन् । बेलायतमा उर्जा क्षेत्रमा यति धेरै लगानी गरि सञ्चालित यो नै नेपालीको पहिलो कम्पनी हो । विजुली र ग्यांस उपलव्ध गराउने उक्त कम्पनीको लगानी करिब ५ मिलियन पाउण्ड छ ।
नेपालीले यहां प्राय रेष्टुरेन्ट र ग्रोसरीतिर लगानी गरिरहेका छन् । गत वर्ष स्कटल्याण्डमा नेपालीले शुरु गरेको एउटा रेष्टुरेन्टको पूर्व प्रधानमन्त्री गोर्डन
ब्राउनले नै उद्घाटन गरेका थिए ।
समारोहमा पूर्व मन्त्री एवं हालका सांसद सर जेराल्ड होवार्थले भूपू गोर्खाहरु अधिक रहेको एउटा कम्पनीले समुदाय केन्द्रित व्यवसाय शुरु गरेकामा प्रसन्नता व्यक्त गर्दै कम्पनी अझ सशक्त भएर अगाडि बढोस् भन्ने शुभकामना दिए ।
कम्पनीका प्रमुख कार्यकारी मेजर रि. टिकेन्द्रदल देवानले जिनर्जीले विशेषगरि नेपाली समुदायलाई केन्द्रित गरि सस्तो एवं सर्वसुलभ सेवा प्रदान गरिने बताए । उक्त क्षेत्रमा भूपू गोर्खा परिवारको वाहुल्यता छ । नेपाली भाषामै बोल्ने कर्मचारीमार्फत अन्य कम्पनीभन्दा सस्तोमा सेवा प्रदान भइरहेको दावी समेत देवानले गरे ।
वर्ष दिनमै कम्पनीले करिब ६ सय घरमा आफ्नो सेवा प्रदान गरिसकेको छ । ‘तर नेपालीबाटै सोचेजस्तो सहयोग मिलेन’, देवानको वी नेपालीसंग गुनासो थियो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने