लन्डन । बेलायतस्थित नेपाली साहित्यकारहरुको जेठो संस्था नेपाली साहित्य विकास परिषद यूकेको आइतबार सम्पन्न १९ औं वार्षिक साधारणसभाले सुरेशजंग शाहको अध्यक्षतामा २५ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
शाह परिषदका संस्थापक हुन् । दुई वर्षका लागि निर्वाचित ९ औं कार्यसमितिको वरिष्ठ सहअध्यक्षमा कोमलप्रसाद मल्ल, सहअध्यक्षहरुमा ध्रुब केसी र गोपाल पौड्याल छन् भने उपाध्यक्षहरुमा वीरेन्द्र कुंवर, गोकुल भण्डारी, रेशम अर्याल, वाचस्पति रेग्मी र दुर्गा पोखरेल चुनिए । एबीआइ कलेजमा सम्पन्न साधारणसभाले महासचिवमा डा. सुधा श्रेष्ठ र कोषाध्यक्षमा दौलतकुमार राईलाई छानेको छ । त्यसैगरि कार्यकारिणी सदस्यहरुमा हरि केसी, मोतीराज भण्डारी, डा. मिन रानाभाट, प्रकाशविक्रम सिंह, मनोज अञ्जान, एभरेष्ट गौतम, रिता गौतम, कृष्णजंग शाह, जगन्नाथ अधिकारी, नवराज घिमिरे र केशव पुडासैनी छन् । मनोनिततर्फ रमेश लामा र अभिमन्यु वैराग छानिए ।
साधारणसभाले ७ जना सल्लाहकारहरु समेत चयन गरेको छ, जसमा डा. राघवप्रसाद धिताल (ओविइ), हरिसिंह थापा, खगेन्द्र नेपाली, महन्त श्रेष्ठ, मदन थापा, घनबहादुर थापामगर र सोलिसिटर राजु थापा छन् । यसैगरि, दशवटा साहित्यिक विभाग गठन गरि सहअध्यक्ष र उपाध्यक्षहरुलाई प्रमुख तोकिएको छ । साधारणसभाले वरिष्ठ कार्यालय सचिवमा कृष्ण भट्ट र मिडिया कोअर्डिनेटरमा नवीन पोखरेललाई छानिएको परिषदले जनाएको छ ।
गत १४ नोभेम्बरबाट थालिएको निर्वाचन प्रक्रियामा कसैको पनि उम्मेदवारी नपरेपछि निर्वाचन समितिका प्रमुख कृष्ण भट्टले सर्वसम्मत कार्यसमितिको नामावली घोषणा गरेका थिए ।

साधारणसभामा महासचिव डा. सुधा श्रेष्ठले परिषदको प्रगति विवरण र गोपाल पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभामा प्रमुख अतिथी तथा परिषदका संरक्षक कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री, यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष उमेश मोक्तान, एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल र महासचिव राजकुमार त्रिपाठी, नेपाली महिला संघ यूकेकी अध्यक्ष आरती श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।
उक्त अवसरमा कार्यकाल सकेका निवर्तमान अध्यक्ष खगेन्द्र नेपालीले अध्यक्षको मेडेलियन नवनिर्वाचित अध्यक्ष सुरेशजंग शाहलाई हस्तान्तरण गरे । अध्यक्ष शाहले नयां जिम्मेवारी वहन गर्न साथ दिने सबैप्रति आभार व्यक्त गर्दै भावी कार्यक्रमको रुपरेखा प्रस्तुत गरेका थिए ।
यसअघि परिषदका वरिष्ठ सहअध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले स्वागत मन्तव्य र कृष्ण भट्टले निर्वाचनबारे बोलेका थिए ।
कार्यक्रममा परिषदका सल्लाहकार घनबहादुर थापामगरले दिवा भोज तथा एबीआइ कलेजका निर्देशक कृष्ण भट्टले हल प्रायोजन गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा