लण्डन । मगर संघ युकेले यस वर्षको च्यारिटी डिनर शनिबार लण्डनमा सम्पन्न गरेको छ ।
अध्यक्ष दुत पुनमगरको अध्यक्षता र महासचिव बम सूर्यबंशीको सञ्चालनमा भएको सो च्यारिटी डिनरमा मगर संघको घर खरिदमा सहयोग गर्नुहुने दाताहरुलाई प्रमाणपत्र र ब्याच वितरण गरिएको थियो ।
यसैगरी, मगर सङ्घको भवन खरिदका लागि अहोरात्र खटिनुभएका हाउजिङ कमिटीका सल्लाहकार तथा सङ्घका संरक्षक घन थापामगरलाई मगर परम्परा अनुसार फेटा पहिर्याई सम्मान गरिएको थियो । त्यस्तै, मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष तथा हाउजिंग कमिटीका संयोजक राजेन्द्र रानालाई सबैभन्दा बढी सहयोग संकलन गरेकोमा फेटा लगाइ अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा मगर संघ युकेको वर्षौंदेखि पूरा नसकेको घर खरिदको योजनालाई साकार तुल्याउएकोमा हाउजिंग कमिटीका सदस्यहरु योगकुमार फगामी, नेत्र आले, दालमान पुन र जगत थापालाई पनि सम्मान गरिएको थियो ।
संघको मुखपत्र कानुङ लाङ्घा पहिलोपटक संघबाट एक पैसा खर्च नगरी आफ्नै खर्चमा र स्तरीय प्रकाशन गरेकोमा मिडिया कमिटीलाई सम्मान गरिएको थियो । यस्तै, कार्यक्रममा युथ कमिटीलाई पनि सम्मान गरिएको थियो ।
मगर समाज सेवा केन्द्र ललितपुरका अध्यक्ष मीनबहादुर बलाल कार्यक्रमका प्रमुख अतिथि रहेका थिए भने मगर संघ युकेका निवर्तमान अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापामगर विशिष्ट अतिथि । हाउजिंग म्यानेजमेण्ट कमिटीका संयोजक समेत रहेका मेजर रिटायर्ड थापामगरले मगर संघको भवन र यसको व्यवस्थापन योजनाका बारेमा बताएका थिए । संघले करिब वाषिर्क १७ हजार पाउण्डमा भवनको ग्राउण्ड फ्लोर भाडामा दिन लागेको छ ।
हाउजिंग कमिटीका सदस्य योग फगामीले हालसम्म संकलित सहयोग, खर्च र उठ्न बाँकी सहयोगको फाँटबारी प्रस्तुत गरेका थिए । हाउजिंग कमिटीका संयोजक राजेन्द्र रानाले घर खरिदका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यदि मगरहरुले पहिले नै घर किनेको भएको भए मगरहरु अहिले धेरै अघि पुगिसक्ने धारणा राखेका थिए ।
संघले ३५० पाउण्ड सहयोग गर्नेलाई एकल आजिवन सदस्यता, ५०० पाउण्ड सहयोग गर्ने दम्पत्तिलाई नै आजिवन सदस्यता, १ हजार पाउण्ड सहयोग गर्ने दम्पत्तिलाई नै ट्रष्टिज सदस्यता र ५ हजार पाउण्ड सहयोग गर्ने दम्पत्तिलाई संरक्षक सदस्यता प्रदान गरेको छ ।
कार्यक्रममा साास्कृतिक समितिका संयोजक अनिता रानामगर र सहसंयोजक छविमाया पुनमगरले साास्कृतिक कार्यक्रम चलाएका थिए । त्यस्तै, छविमाया पुनले राफल ड्रको संयोजन गरेकी थिइन् ।
वेष्ट लण्डन शाखाले कार्यक्रमको तयारीमा सहयोग गरेको थियो भने महासचिव बम सूर्यबंशीले समग्र कार्यक्रमको संयोजन गरेका थिए ।
युकेका सक्रिय संस्थाहरुमध्ये एक मगर संघ युकेले केही महिनाअघि करिब ३ लाख २० हजार पाउण्डमा फार्नब्रोमा घर खरिद गरिसकेको छ । घर खरिदका लागि करिब ३ लाख २७ हजार पाउण्ड संकलन भइसकेको र ५४ हजार पाउण्ड उठ्न बाँकी रहेको बताइएको छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक