लण्डन । मगर संघ युकेले यस वर्षको च्यारिटी डिनर शनिबार लण्डनमा सम्पन्न गरेको छ ।
अध्यक्ष दुत पुनमगरको अध्यक्षता र महासचिव बम सूर्यबंशीको सञ्चालनमा भएको सो च्यारिटी डिनरमा मगर संघको घर खरिदमा सहयोग गर्नुहुने दाताहरुलाई प्रमाणपत्र र ब्याच वितरण गरिएको थियो ।
यसैगरी, मगर सङ्घको भवन खरिदका लागि अहोरात्र खटिनुभएका हाउजिङ कमिटीका सल्लाहकार तथा सङ्घका संरक्षक घन थापामगरलाई मगर परम्परा अनुसार फेटा पहिर्याई सम्मान गरिएको थियो । त्यस्तै, मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष तथा हाउजिंग कमिटीका संयोजक राजेन्द्र रानालाई सबैभन्दा बढी सहयोग संकलन गरेकोमा फेटा लगाइ अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा मगर संघ युकेको वर्षौंदेखि पूरा नसकेको घर खरिदको योजनालाई साकार तुल्याउएकोमा हाउजिंग कमिटीका सदस्यहरु योगकुमार फगामी, नेत्र आले, दालमान पुन र जगत थापालाई पनि सम्मान गरिएको थियो ।
संघको मुखपत्र कानुङ लाङ्घा पहिलोपटक संघबाट एक पैसा खर्च नगरी आफ्नै खर्चमा र स्तरीय प्रकाशन गरेकोमा मिडिया कमिटीलाई सम्मान गरिएको थियो । यस्तै, कार्यक्रममा युथ कमिटीलाई पनि सम्मान गरिएको थियो ।
मगर समाज सेवा केन्द्र ललितपुरका अध्यक्ष मीनबहादुर बलाल कार्यक्रमका प्रमुख अतिथि रहेका थिए भने मगर संघ युकेका निवर्तमान अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापामगर विशिष्ट अतिथि । हाउजिंग म्यानेजमेण्ट कमिटीका संयोजक समेत रहेका मेजर रिटायर्ड थापामगरले मगर संघको भवन र यसको व्यवस्थापन योजनाका बारेमा बताएका थिए । संघले करिब वाषिर्क १७ हजार पाउण्डमा भवनको ग्राउण्ड फ्लोर भाडामा दिन लागेको छ ।
हाउजिंग कमिटीका सदस्य योग फगामीले हालसम्म संकलित सहयोग, खर्च र उठ्न बाँकी सहयोगको फाँटबारी प्रस्तुत गरेका थिए । हाउजिंग कमिटीका संयोजक राजेन्द्र रानाले घर खरिदका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यदि मगरहरुले पहिले नै घर किनेको भएको भए मगरहरु अहिले धेरै अघि पुगिसक्ने धारणा राखेका थिए ।
संघले ३५० पाउण्ड सहयोग गर्नेलाई एकल आजिवन सदस्यता, ५०० पाउण्ड सहयोग गर्ने दम्पत्तिलाई नै आजिवन सदस्यता, १ हजार पाउण्ड सहयोग गर्ने दम्पत्तिलाई नै ट्रष्टिज सदस्यता र ५ हजार पाउण्ड सहयोग गर्ने दम्पत्तिलाई संरक्षक सदस्यता प्रदान गरेको छ ।
कार्यक्रममा साास्कृतिक समितिका संयोजक अनिता रानामगर र सहसंयोजक छविमाया पुनमगरले साास्कृतिक कार्यक्रम चलाएका थिए । त्यस्तै, छविमाया पुनले राफल ड्रको संयोजन गरेकी थिइन् ।
वेष्ट लण्डन शाखाले कार्यक्रमको तयारीमा सहयोग गरेको थियो भने महासचिव बम सूर्यबंशीले समग्र कार्यक्रमको संयोजन गरेका थिए ।
युकेका सक्रिय संस्थाहरुमध्ये एक मगर संघ युकेले केही महिनाअघि करिब ३ लाख २० हजार पाउण्डमा फार्नब्रोमा घर खरिद गरिसकेको छ । घर खरिदका लागि करिब ३ लाख २७ हजार पाउण्ड संकलन भइसकेको र ५४ हजार पाउण्ड उठ्न बाँकी रहेको बताइएको छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता