काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्कको क्रममा हुने भनिएको काठमाडौं बाहिरको सबै कार्यक्रम रद्द भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले आइतबार बिहान ट्वीट गर्दै सार्कको क्रममा मोदीले काठमाडौंको मात्रै भ्रमण गर्ने जनाएका छन्।
सार्क सम्मेलनको दौरान मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्ने भनिएको थियो। प्रवक्ता अकबरुद्दिनले देशभित्रैको प्रतिवद्धताको कारणले काठमाडौको मात्रै भ्रमण गर्ने बताएका छन्। उनले नेपाल भारतबीचको विशेष सम्बन्ध प्रसंगको चर्चा गर्दै चाँडै नै अर्को भ्रमणको प्रतिक्षामा रहेको बताएका छन्।
यसअघि भ्रमणको विषयमा मन्त्रीहरुको परस्पर विरोधी धारणा सार्वजनिक हुँदा अन्यौलको अवस्था देखिएको थियो। सरकारले मोदीको भ्रमण हुनसक्ने भन्दै जनकपुर, लुम्बिनी र मुक्तिनाथमा आवश्यक तयारी र सुरक्षाको प्रबन्ध गरेको थियो।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित