काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्कको क्रममा हुने भनिएको काठमाडौं बाहिरको सबै कार्यक्रम रद्द भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले आइतबार बिहान ट्वीट गर्दै सार्कको क्रममा मोदीले काठमाडौंको मात्रै भ्रमण गर्ने जनाएका छन्।
सार्क सम्मेलनको दौरान मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्ने भनिएको थियो। प्रवक्ता अकबरुद्दिनले देशभित्रैको प्रतिवद्धताको कारणले काठमाडौको मात्रै भ्रमण गर्ने बताएका छन्। उनले नेपाल भारतबीचको विशेष सम्बन्ध प्रसंगको चर्चा गर्दै चाँडै नै अर्को भ्रमणको प्रतिक्षामा रहेको बताएका छन्।
यसअघि भ्रमणको विषयमा मन्त्रीहरुको परस्पर विरोधी धारणा सार्वजनिक हुँदा अन्यौलको अवस्था देखिएको थियो। सरकारले मोदीको भ्रमण हुनसक्ने भन्दै जनकपुर, लुम्बिनी र मुक्तिनाथमा आवश्यक तयारी र सुरक्षाको प्रबन्ध गरेको थियो।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा