काठमाडौं। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनका लागि पाँच दिन दिउँसो एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
न्युजपोर्टल पहिलो पोस्टले मंसिर ८ देखि १२ गतेसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विमानस्थल बन्द रहने विमानस्थलका उच्च अधिकारीलाई उद्धृत गर्दै जनाएको छ । दिउँसोको उडान तथा अवतरणलाई बिहान र साँझका लागि व्यवस्था मिलाइएको अधिकारीहरुले जनाएका छन्। 
शिखर सम्मेलन मंसिर १० र ११ गते राष्ट्रिय सभागृहमा हुनेछ । यसअघि नै सरकारले मंसिर ८ गतेदेखि १२ गतेसम्म जोर दिन जोर नम्बरको गाडी र बिजोर दिन बिजोर नम्बरको गाडी सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ ।
गृह मन्त्रालयले सार्क शिखर सम्मेलनका क्रममा काठमाडौँ उपत्यकामा पाँच दिन विद्यालय, क्याम्पस बन्द हुनेछ भने दुई दिन सार्वजनिक विदा हुनेछ । गृह मन्त्रालयका अनुसार मंसिर ९ देखि १२ गतेसम्म शिक्षण संस्था बन्द हुनेछन्।
त्यसैगरी मंसिर १० र ११ गते दुई दिन सार्वजनिक विदा हुनेछ । सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलनको तयारीका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा द्रूत कार्यदल गठन गरेको छ ।
सार्कलाई केन्द्रित गरेर निर्माण अगाडि बढाइएका भौतिक पूर्वाधारको काम प्रभावकारी नभएको भन्ने सर्वत्र गुनासो आइरहेको बेला सरकारले उक्त कार्यदल गठन गरेको हो । सरकारले सार्क सम्मेलन तयारीका लागि २ अर्ब रुपैया खर्च गरेको छ।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता