काठमाडौं। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनका लागि पाँच दिन दिउँसो एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
न्युजपोर्टल पहिलो पोस्टले मंसिर ८ देखि १२ गतेसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विमानस्थल बन्द रहने विमानस्थलका उच्च अधिकारीलाई उद्धृत गर्दै जनाएको छ । दिउँसोको उडान तथा अवतरणलाई बिहान र साँझका लागि व्यवस्था मिलाइएको अधिकारीहरुले जनाएका छन्। 
शिखर सम्मेलन मंसिर १० र ११ गते राष्ट्रिय सभागृहमा हुनेछ । यसअघि नै सरकारले मंसिर ८ गतेदेखि १२ गतेसम्म जोर दिन जोर नम्बरको गाडी र बिजोर दिन बिजोर नम्बरको गाडी सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ ।
गृह मन्त्रालयले सार्क शिखर सम्मेलनका क्रममा काठमाडौँ उपत्यकामा पाँच दिन विद्यालय, क्याम्पस बन्द हुनेछ भने दुई दिन सार्वजनिक विदा हुनेछ । गृह मन्त्रालयका अनुसार मंसिर ९ देखि १२ गतेसम्म शिक्षण संस्था बन्द हुनेछन्।
त्यसैगरी मंसिर १० र ११ गते दुई दिन सार्वजनिक विदा हुनेछ । सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलनको तयारीका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा द्रूत कार्यदल गठन गरेको छ ।
सार्कलाई केन्द्रित गरेर निर्माण अगाडि बढाइएका भौतिक पूर्वाधारको काम प्रभावकारी नभएको भन्ने सर्वत्र गुनासो आइरहेको बेला सरकारले उक्त कार्यदल गठन गरेको हो । सरकारले सार्क सम्मेलन तयारीका लागि २ अर्ब रुपैया खर्च गरेको छ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी