लण्डन । बेलायतमा बसोबास गरिरहेका साना तथा मझौला व्यवसायीहरुलाई थप लगानीका लागि प्रोत्साहन गर्न स्थापना भएको नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेड युकेको साधारण सभा आगामी डिसेम्बर २८ मा लण्डनमा हुने भएको छ ।
गतसाता प्लमस्टेडस्थित रेड लाइन नुडल बारमा सम्पन्न एक भेलाले साधारणसभाका लागि आवश्यक तयारी गरेको लिमिटेडका संयोजक मोहन गुरुङले जानकारी दिए ।
च्याथामस्थित गोर्खा भिलेज रेष्टुरेण्टमा हुने साधारणसभाका लागि आवश्यक सामगीहरुको बन्दोबस्त अस्मिता एण्ड एशोसियट्सका एलएन पाण्डेले गर्ने भएका छन् ।
संस्थाको विधान बनाउन एलएन पाण्डेको संयोजकत्वमा मोहन गुरुङ, अर्कराज तिमिल्सिना, सहदेव गिरी, सुमलकुमार गुरुङ, रञ्जिता मल्ल र कुमार श्रेष्ठ सम्मिलित विधान कमिटी गठन गरिएको छ ।
लिमिटेडले लगानीको दायरालाई फराकिलो बनाएको बताउंदै संयोजक गुरुङले लगानी गर्न व्यवसायीहरुको चाहना बढिरहेको धारणा व्यक्त गरे ।
बैठकमा करिब दुई दर्जन व्यावसायीहरुको सहभागिता थियो ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ