लन्डन । बेलायतका लागि नेपाली पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसे चार वर्ष लामो कार्यकाल सकेर नेपाल फर्केको पनि लगभग ९ महिना बितेछ । तर, उनले छाडेको यो खाली कुर्चीमा आसिन हुन नयां महामहिम तत्काल आउने छांट अझै छैन् ।
‘नयां को आउनुहुन्छ अहिलेसम्म केही भेउ पाउन सकिएन’, दूतावास कर्मचारी यत्ति भन्छन्, ‘काठमाण्डौंमा सार्क सम्मेलनको तयारी तीव्र भइरहंदा सम्मेलन सकिएपछि यसले पूर्णता पाउंछ कि भन्ने आशामात्र छ ।’
राजनीतिक भागवण्डा नमिलेरै यो महत्वपूर्ण कुर्ची धेरै समयदेखि वेवारिसे रहेको अधिकांशलाई ज्ञात छ । अहिले राजदूतको अफिस संग्रहालय जस्तो दूतावास घुम्न आउनेलाई प्रदर्शनी गराउन मात्र उपयोग भए झैं देखिन्छ ।
नेपाल सरकारले ५० प्रतिशत कर्मचारी र ५० प्रतिशत राजनीतिक क्षेत्रबाट राजदूत नियुक्ति गर्ने निर्णय बमोजिम ६ जना कर्मचारीले हालै राजदूतको जिम्मेवारी सम्हालेका छन् । क्यानडा, बैंकक, फ्रान्स्, दक्षिण अफ्रिका, जिनिभा र कुवेतमा नियुक्ति भइसकेको हो । तर, राजनीतिक नियुक्ति मार्फत गरिनुपर्ने देशहरुमा अहिलेसम्म छिनोफानो हुन सकेको छैन् । बेलायत, भारत, बहराइन, ओमान, ब्राजिल, इजिप्ट, श्रीलंका, अमेरिका, कतार र जर्मनी नेपाली राजदूत विहीन छन् ।
लन्डनमा नेपाली राजदूत नआउंदा कामको चापमात्र होइन, नकारात्मक सन्देश समेत जान सक्ने चिन्ता कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको छ । ‘हामीलाई राष्ट्रका लागि केही बढि समय दिनु अप्ठेरो होइन तर धेरै समय राजदूत विहीन हुंदा बेलायत जस्तो सबैभन्दा ठूलो दातृराष्ट्रमा नकारात्मक सन्देश जान सक्छ’, क्षेत्रीले वीनेपालीसंग भने ।
यहां झण्डै डेढ लाख नेपाली भइसकेका र बेलायत कुटनीतिक सम्वन्ध स्थापना भएको पहिलो मुलुक भएकाले पनि राजदूतको आवश्यकता तड्कारो देख्छन् क्षेत्री ।
सन् १८१६ मा कुटनीतिक सम्वन्ध र सन् १९३४ मा लन्डनमा नेपाली दूतावास स्थापना भएयता हालसम्म १९ जना राजदूत यहां आइसकेका छन् । राजदूतहरुको जिम्मेवारी बेलायत नेपाल कुटनीतिक सम्वन्ध सुदृढ बनाउनु र नेपाली समुदायसंग निकट रहेर उनीहरुका पीर मर्कामा साथ दिनु रहेपनि अधिकांश महामहिमहरु व्यक्तिगत स्वार्थपूर्तिका लागि बढि समर्पित रहने गरेको आरोप बेला बेला सुनिने गरेको छ । ‘महामहिमज्यूहरु आफ्नो परिवारलाई जागिर दिलाउन र कार्यक्रमतिर डुल्दैमा व्यस्त रहनुहुन्छ’, एक अग्रजको गुनासोमिश्रित सुझाव थियो, ‘बेलायतजस्तो ठाउंमा आउने राजदूत अलिक योग्य हुन पनि जरुरी छ । धेरैमा भाषाकै समस्या देखिन्छ ।’
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’