काठमाडौं। मध्यक्रमका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेपछि एसिसी अन्डर नाइन्टिन प्रिमियर ट्रफीमा नेपालले कुवेतलाई ३ सय २६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कुवेत सिटीस्थित दोहा इन्टरटेनमेन्ट सिटी ग्राउन्डमा टस हारेर ब्याटिङ गर्न उत्रिएको नेपालले खराब शुरुवात गरेको थियो।
४ ओभर २ बलमा ३ विकेट गुमाएर संकट परेको नेपाली इनिङका लागि आरिफ शेखले सम्हालेका थिए । इनिङको अन्त्यतिर सौरभ खनाल, दीपेन्द्रसिंह ऐरीले सातौ विकेटका लागि ६ ओभर ५ बलमा ९४ रनको विष्फोट साझेदारी गरेपछि निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५ रन बनायो। २० बल खेल्दै ऐरीले ४८ रन जोडे। ४९ ओभर ५ बलमा रन आउट हुनुअघि ऐरीले चार छक्का र २ चौका प्रहार गरे।
३५ बल खेलेका खनाल ६४ रनमा नट आउट रहे। नेपालका लागि आरिफ शेखले सम्हालिएको ब्याटिङ गर्दै १ सय ११ बलमा ८७ रनको इनिङ खेल। उनले चौथो विकेटका लागि राजु रिजालसँग ९३, पाँचौ विकेटक लागि सन्दीप सुनारसँग ९३ र छैटौ विकेटका लागि सौरभ खनालसँग २७ रनको साझेदारी गरेका थिए। रिजालले ३१ सुनारले ४९ बनाए छन्।
आइतबारको खेलमा नेपालले साउदी अबरविरुद्ध ३ सय २१ रन बनाएको थियो। सो खेलमा साउदी अरब १ सय ९५ रनले पराजित भएको थियो।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’