काठमाडौं। कुवेतमा शुरु भएको आइसिसी अन्डर-१९ प्रिमियर ट्रफी अन्तर्गत आइतबार भएको खेलमा नेपालले साउदी अरबलाई १ सय ९५ रनको विशाल अन्तरले पराजित गरेको छ।
कुवेत सिटीको सुलेबिया ग्राउन्डमा टस हारेर ब्याटिङ गर्न आएका शंकर रानाको ८९ रनको मद्दतले ३ सय २१ रनको विशाल स्कोर बनाउन सक्यो। ८२ बल खेलेका रानाले ११ चौका र २ छक्का प्रहार गरे। निर्धारित ५० ओभरको खेलमा एक बल खेल बाँकी छँदा नेपालले ३ सय २१ रन बनाएको थियो।
कप्तान राजु रिजालसँग मिलेर रानाले तेस्रो विकेटका लागि १ सय ४९ को साझेदारी गरेका थिए। रिजालले ५३ बल खेल्दै २ चौका प्रहार गरी ४९ रन बनाएका थिए।
नेपालका लागि आरिफ शेखले २६ बलमा ३३, दीपेन्दसिंह ऐरीले ३२ बलमा ४२ र सौरव खनालले १५ बलमा २३ रन बनाएर नेपाललाई ठूलो स्कोर बनाउन सघाएका थिए।
ओपनिङ ब्याट्सम्यान सुनिल धमला २६ र प्रेम तामाङ र योगेन्द्रसिंह कार्कीले १०-१० रन बनाएका थिए। ३ सय २२ रनको लक्ष्य पछ्याउँदै प्रतिउत्तर ब्याटिङ गर्न आएको ३७ ओभर ५ बल अलआउट भएको साउदी अरबले १ सय २६ रन मात्रै जोड सक्यो। नेपालका लागि सुशील कँडेलले ३, दीपेश श्रेष्ठ र सुनील धमलाले २-२ र प्रेम तामाङले एक विकेट लिए।जीतसँगै प्रतियोगितामा नेपाल दोस्रो स्थानमा छ । समान २ अंक भएपनि अफगानिस्तान नेट रन रेटमा नेपालभन्दा अघि छ।
सोमबार नेपाल र आयोजक कुवेतबीच खेल हुनेछ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित