काठमाडौं। कुवेतमा शुरु भएको आइसिसी अन्डर-१९ प्रिमियर ट्रफी अन्तर्गत आइतबार भएको खेलमा नेपालले साउदी अरबलाई १ सय ९५ रनको विशाल अन्तरले पराजित गरेको छ।
कुवेत सिटीको सुलेबिया ग्राउन्डमा टस हारेर ब्याटिङ गर्न आएका शंकर रानाको ८९ रनको मद्दतले ३ सय २१ रनको विशाल स्कोर बनाउन सक्यो। ८२ बल खेलेका रानाले ११ चौका र २ छक्का प्रहार गरे। निर्धारित ५० ओभरको खेलमा एक बल खेल बाँकी छँदा नेपालले ३ सय २१ रन बनाएको थियो।
कप्तान राजु रिजालसँग मिलेर रानाले तेस्रो विकेटका लागि १ सय ४९ को साझेदारी गरेका थिए। रिजालले ५३ बल खेल्दै २ चौका प्रहार गरी ४९ रन बनाएका थिए।
नेपालका लागि आरिफ शेखले २६ बलमा ३३, दीपेन्दसिंह ऐरीले ३२ बलमा ४२ र सौरव खनालले १५ बलमा २३ रन बनाएर नेपाललाई ठूलो स्कोर बनाउन सघाएका थिए।
ओपनिङ ब्याट्सम्यान सुनिल धमला २६ र प्रेम तामाङ र योगेन्द्रसिंह कार्कीले १०-१० रन बनाएका थिए। ३ सय २२ रनको लक्ष्य पछ्याउँदै प्रतिउत्तर ब्याटिङ गर्न आएको ३७ ओभर ५ बल अलआउट भएको साउदी अरबले १ सय २६ रन मात्रै जोड सक्यो। नेपालका लागि सुशील कँडेलले ३, दीपेश श्रेष्ठ र सुनील धमलाले २-२ र प्रेम तामाङले एक विकेट लिए।जीतसँगै प्रतियोगितामा नेपाल दोस्रो स्थानमा छ । समान २ अंक भएपनि अफगानिस्तान नेट रन रेटमा नेपालभन्दा अघि छ।
सोमबार नेपाल र आयोजक कुवेतबीच खेल हुनेछ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा