काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीलाई छुटाउन ७२ लाख घुस लिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई नायब सुब्बासहित ५ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ७२ लाख रुपैया बरामद भएको छ। अख्तियारको टोलीले भन्सार कार्यालयका नासु सुरेश थपलियालाई ५१ लाख रुपैयासहित शनिबार पक्राउ गरेको छ। यसअघि घुसको पैसासहित नासु हरिवंश कार्कीलाई शुक्रबार साँझ धुम्बाराहीबाट पक्राउ गरेको थियो।
अख्तियार टोलीले कार्कीसँगै भन्सार एजेन्ट प्रेम अधिकारी र देवराज भट्टराईसहित धुम्बाराहीस्थित मुनलाइट पार्टी प्यालेसबाट पक्राउ गरेको थियो। सोही टोलीले कार्कीको आकासेधारास्थित घरमा छापा मारेको थियो र कार्कीको पत्नि लक्ष्मी लम्साललाई पक्राउ गरेको थियो। लम्सालले दिएको बयानका आधारमा शनिबार थपलिया पक्राउ परेका हुन्।
सुन तस्करीमा पक्राउ परेका भारतीय नागरिक अभिषेक सरकारलाई छुटाउन शुरुमा एक करोड मागे पछि ७२ लाख रुपैयामा सरकारलाई छाड्न सहमत भएका थिए। अख्तियारले उनीहरुबाट घुस लिएको ७२ लाख रुपैया नै बरामद गरेको छ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार