आइतबार, मंसिर १४ २०७७ | Sun, November 29, 2020
नेपालको समय: ०४:११ | UK Time: 22:26

कुवेतमा हुने अन्डर-१९ क्रिकेटका लागि १४ खेलाडी छनौट (खेल तालिकासहित)

वीनेपाली
२०७१ कार्तिक १६ गते ८:०२

काठमाडौं। कुवेतमा बुधबारबाट शुरु हुने एसिसी मेन्स अन्डर नाइन्टिन प्रिमियर ट्रफीका लागि १४ खेलाडी छनौट भएका छन्। Logo-of-Cricket-Association-Of-Nepal-CAN

टोलीको कप्तानमा राजु रिजाल र उप-कप्तानमा आरीफ शेख छन्। त्यसैगरी इर्साद अहमद, आशिष धामी, शंकर राना, प्रेम तामाङ्ग, सौरभ खनाल, सन्दिप सुनार, योगेन्द्र कार्की, सुशील कँडेल, सुनिल धमला, दीपेश श्रेष्ठ, दीपेन्द्र ऐरी, अर्जुन चापागाईं  छनौट भएका छन्। त्यसैगरी बैकल्पिक खेलाडीमा निरज मुखिया, हेमन राई, कुशल भुर्तेल राजविर सिंह रहेको क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, मलेसिया, नेपाल, साउदी अरबिया, यएई र कुवेत रहेका छन्। शुक्रबार नेपाल मलेसियाविरुद्ध पहिलो खेल खेल्ने छ ।

त्यस्तै नेपालले आइतबार ९ तारिखमा साउदी अरेबिया, १० तारिखमा कुवेत, १२ मा युएई  र १४ तारिखमा अफगानिस्तानसँग खेल्नेछ।

प्रतिस्पर्धा राउन्ड रोबिनमा हुनेछ।विजेताले २०१६ मा बंगलादेशमा हुने आइसीसी यु-१९ विश्वकपमा प्रतिस्पर्धा गर्न पाउनेछ।

प्रतियोगिता नोभेम्वर ५ देखि १५ तारिखसम्म चल्ने छ ।

10520909_365373710292258_1118864886006988183_o

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक