आइसिसी डिभिजन थ्री: युगान्डालाई २ सय २४ रनको लक्ष्य

काठमाडौं। नेपालका तीन खेलाडीले अर्ध शतक प्रहार गरेपछि नेपालले आइसिसी डिभिजन थ्री क्रिकेटको फाइनलमा नेपालले युगान्डालाई २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी छदै नेपाल २ सय २३ रनमा अल आउट भयो।

Division 3 Group with Sheild

मलेसियाको किन्नरारा ओभलमा भएको खेलमा नेपालका सागर पुन, नरेश बुढाऐर र ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरेका हुन् । पुनले ६४, बुढाऐरले ५२ र मल्लले ५६ रन बनाए। युगान्डाका रोगर मुसाकाले ३ ओभर ५ बल बलिङ गर्दै २७ रन दिएर नेपालको ६ विकेट हात पारे।

नेपालका लागि पारस खड्काले १३रन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बिनोद भण्डारी ९, अरिफ शेख ८, बसन्त रेग्मी २, महमुद अलाम ६, सोमपाल कामी ७ र बसन्त गौचन शुन्य रनमा आउट भए।

प्रतियोगिताको पहिलो खेलमा यही मैदानमा नेपाल युगान्डासँग पराजित भएको थियो। नेपाल डिभिजन थ्रिको डिफेन्डिङ च्याम्पियन हो।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री