काठमाडौं। नेपालका तीन खेलाडीले अर्ध शतक प्रहार गरेपछि नेपालले आइसिसी डिभिजन थ्री क्रिकेटको फाइनलमा नेपालले युगान्डालाई २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी छदै नेपाल २ सय २३ रनमा अल आउट भयो।
मलेसियाको किन्नरारा ओभलमा भएको खेलमा नेपालका सागर पुन, नरेश बुढाऐर र ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरेका हुन् । पुनले ६४, बुढाऐरले ५२ र मल्लले ५६ रन बनाए। युगान्डाका रोगर मुसाकाले ३ ओभर ५ बल बलिङ गर्दै २७ रन दिएर नेपालको ६ विकेट हात पारे।
नेपालका लागि पारस खड्काले १३रन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बिनोद भण्डारी ९, अरिफ शेख ८, बसन्त रेग्मी २, महमुद अलाम ६, सोमपाल कामी ७ र बसन्त गौचन शुन्य रनमा आउट भए।
प्रतियोगिताको पहिलो खेलमा यही मैदानमा नेपाल युगान्डासँग पराजित भएको थियो। नेपाल डिभिजन थ्रिको डिफेन्डिङ च्याम्पियन हो।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त