नेपाल र युगान्डा ‘डिभिजन टु’ मा, बर्मुडा र अमेरिका रेलिगेसनमा

काठमाडौं। नेपाल र अफ्रिकी मुलुक युगान्डा ‘आइसिसी डिभिजन टु’ मा प्रवेश गरेका छन्। मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्दै जनवरीमा नामिवियामा हुने डिभिजन टु प्रतियोगितामा आफ्नो स्थान सुरक्षित रहेका हुन्। चार चार खेल जितेर समान  ८ अंक प्राप्त भएपनि नेट रन रेटले युगान्डालाई उछिन्दै नेपाल पहिलो हुँदै फाइनलमा प्रवेश गरेको हो। फाइनल खेल बिहीबार हुनेछ। बुधबार भएको खेलमा नेपालले डकवर्थ लुइस’ नियमअनुसार मलेसियालाई ३६ रनले पराजित गरेको छ । Cricket-Team-Nepal1

युगाण्डाले बुधबार भएको खेलमा बर्मुडालाई १ सय ५१ बल बाँकी छदै सात विकेटले पराजित गह्यो।  १ सय ४३ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित लक्ष्य पुरा गरेको थियो। १ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले २५ ओभरमा २ विकेट गुमाउँदै ८९ रन बनाएपछि  क्वालालपुरमा बाँकी खेल हुन नसकेपछि नेपाल विजयी घोषित गरिएको हो। बुधबार भएको खेलमा डकवर्थ लुइस निमयअनुसार अमेरिका ३२ रनले पराजित भए अमेरिका रेलिगेसनमा परेको छ।

ज्ञानेन्द्र मल्ल ३५ रन बनाएर आउट भएका छन् । नरेश बुढाऐर ४२ र कप्तान पारस खड्का १ रनमा खेली रहेको समयमा पानी परेपछि खेल रोकिएको छ । तीन रन बनाएर सुवास खकुरेल आउट भएका थिए।

यसअघि नेपाली बलरहरुले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आयोजक मलेसियालाई  १ सय ४२ रनमा समेटिएको थियो। क्वालालम्पुरस्थिबत सिलाङ्गोर टर्फ क्लबमा भएको खेलमा ४३ ओभर ३ बलमा अल आउट भएको थियो। टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका कप्तान पारस खड्काले नेपाली बलिङ आक्रमणको नेतृत्व गरेका थिए। ९ ओभरमा बलिङ गर्दै खड्काले २० रन दिएर ४ विकेट लिए। भुवन कार्कीले ३ शक्ति गौचनको २ र सागर पुनले १ विकेट लिएोल । मलेसियाका लागि अनवर अरुद्दिनले ६९ रन बनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री