
लन्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरुले लक्ष्मी पूजाको रात लन्डनका विभिन्न ठाउंमा देउसी भैलो खेलेका छन् । नेपलिज नर्सिङ एसोसिएसन यूके आवद्ध नर्सहरुले नेपालमा वर्थिङ सेन्टर स्थापनाका लागि आर्थिक सहयोग जुटाउन देउसी भैलो खेलेका हुन् ।
एसोसिएसनकी सदस्य गायत्री श्रेष्ठको संयोजनमा साउथ इष्ट लन्डनको चाल्टर्नमा कार्यक्रम भएको थियो । उक्त समूहमा एसोसिएसनकी अध्यक्ष सुशिला कार्की, सुमित्रा पुन, रेखा सिटौला, भवानी पाण्डे, रश्मी बास्तोला, धनमाया महर्जन, सुनिता गौतम लगायत सहभागी थिए ।
उता, महासचिव विनोद विकास सिम्खडाको संयोजनमा वेष्ट लन्डनमा पनि देउसी भैलो कार्यक्रम भएको अध्यक्ष कार्कीले जनाइन् । वेष्ट लन्डन समूहमा भने मनमाया सुनुवार, बासु लामिछाने, रश्मिता धर्माली, रचना कार्की, सुनिता अर्याल, सुदर्शना शाक्य आदि सहभागी भए ।
एसोसिएसनले शनिवार पनि खेल्ने योजना बनाएको छ ।
देउसी भैलो कार्यक्रमका सहभागीले नेपालको झल्को दिने गरि भट्याए, नाच गान गरे । अध्यक्ष कार्कीले शनिवारसम्म रकम संकलन जारी रहने जनाएकी छिन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा