काठमाडौं। नयाँ संविधानको अन्तरबस्तु बारेमा सहमति खोज्न तीन दलबीच भएको पहिलो चरणको वार्ता असफल भएपछि आगामी आइतबार र सोमबार दोस्रो चरणको वार्ता हुने भएको छ।
मंगलबार र बुधबार गोकर्ण फरेस्ट रिसोर्टमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका तीन तीन शीर्ष नेताहरुबीच भएको वार्ताले ठोस परिणाम दिन नसके पनि सहभागीहरु दुई दिनको अनौपचारिक र औपचारिक छलफलहरु सकारात्मक भएको दावी गरिएको छ। गोकर्णमा तीन दलीय, दुई दलीय र नेताहरुबीच एक्ला एक्लै वार्ताहरु भएका थिए।
एकीकृत नेकपा माओवादीका नेता तथा संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले मंगलबार र बुधबारको बैठकलाई ‘वाम अप’ भएको भन्दै आइतबार र सोमबार हुने बैठकले सहमति गर्ने दावी गरे।
‘मंगलबार र बुधबारको बैठकले प्रमुख विषयमा खुल्ला रुपमा छलफल गर्ने अवसर दियो । यसले आइतबार र सोमबार हुने बैठकमा सहमतिमा पुग्न दलहरुलाई प्रशस्त बाटो प्रदान गरेको छ’ भट्टराईले भने।
संविधानसभाले कातिक १५ गतेसम्म समितिलाई सहमति गर्न अन्तिम अवसर दिएपछि नयाँ संविधानका अन्तरबस्तुमा सहमति खोज्ने प्रयास तीव्र पारिएको हो। दलहरुबीच संघीयता, शासन प्रणाली, निर्वाचन प्रणाली जस्ता महत्वपूर्व विषयमा सहमति जुट्न सकेको छैन। कातिक १५ गतेसम्म सहमति नभए १६ गते संविधानसभाको बैठकमा समितिले प्रश्नावलीसहितको प्रतिवेदन बुझाउन संविधानसभाले निर्देशन दिएको छ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ