लण्डन । एक दशक अघि स्थापना भएको प्रवासी नेपाली मञ्च युकेले नेपालकै झल्को दिने गरि बेलायतस्थित लण्डन शहरमा सामूहिक देउसी खेलाउने भएको छ । २२ अक्टोबर बुधबार लण्डन ह्यारो फुटबल क्लवमा पहिलो पटक भव्य रुपमा सामूहिक देउसी/भैलो खेलाउन लागिएको हो ।
नेपाली संस्कृतिको झल्को र नयाँ पुस्तालाई नेपाली संस्कृतिबारे जानकारी गराउने उद्देश्यले मनोरजन कार्यक्रमसहित देउसी खेल्ने कार्यक्रम राखिएको छ ।
देउसी/भैलोमा हांस्य कलाकार मनोज गजुरेलसहितका कलाकारको वेजोड प्रस्तुति प्रमुख आकर्षण रहने मञ्चका अध्यक्ष रामशरण सिम्खडाले बताए । ‘मनोज गजुरेलीय देउसी भैलो प्रस्तुतिका हिसावले अविश्मणीय रहन्छ’ सिम्खडाले वी नेपाली डटकमसँग भने ।
अध्यक्ष सिम्खडाका अनुसार, मञ्चले प्रवासीलाई पनि नेपालकै झल्को दिने गरि कार्यक्रमको व्यवस्थापन गरिसकेको छ । कार्यक्रममा तीन सय भन्दा बढि सहभागी रहने आयोजकको अपेक्षा छ । बेलायतस्थित कार्यवाहक राजदूत तेजवहादुर क्षेत्री र यहाँस्थित विभिन्न पार्टी तथा सामाजिक क्षेत्रका अगुवाहरुको कार्यक्रममा सहभागिता रहनेछ ।
व्यवस्थापकीय पक्ष चुस्त बनाउन अग्रिम रुपमा टेवल वुकिङ भैसकेको छ । एक टेवुलमा १० सिट रहनेछ । तिहारमा बनाइने परिकार पनि हरेक टेवुलमै पुर्याउने व्यवस्था आयोजकले गरेको कार्यक्रम संयोजक रामजी बरालले बताए ।
प्रवासमा मनाउन लागिएको देउसी/भैलोलाई भव्य बनाउन मञ्च, यसका समर्थक र शुभचिन्तकले सहयोग गरिरहेको कार्यक्रम सचिव मिलन घिमिरेले वीनेपालीलाई जानकारी दिए । मिडिया मैत्री बनाउन लागिएको कार्यक्रमको रेडियो राइनोले प्रत्यक्ष प्रशारण गर्नेछ । रेडियो मार्फत बिभिन्न कारणले कार्यक्रममा उपस्थित हुन नसक्नेले प्रत्यक्ष प्रशारण सुन्न सक्नेछन् । कार्यक्रममा बेलायतस्थित मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने अध्यक्ष सिम्खडाले जानकारी दिए ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते