लण्डन । एक दशक अघि स्थापना भएको प्रवासी नेपाली मञ्च युकेले नेपालकै झल्को दिने गरि बेलायतस्थित लण्डन शहरमा सामूहिक देउसी खेलाउने भएको छ । २२ अक्टोबर बुधबार लण्डन ह्यारो फुटबल क्लवमा पहिलो पटक भव्य रुपमा सामूहिक देउसी/भैलो खेलाउन लागिएको हो ।
नेपाली संस्कृतिको झल्को र नयाँ पुस्तालाई नेपाली संस्कृतिबारे जानकारी गराउने उद्देश्यले मनोरजन कार्यक्रमसहित देउसी खेल्ने कार्यक्रम राखिएको छ ।
देउसी/भैलोमा हांस्य कलाकार मनोज गजुरेलसहितका कलाकारको वेजोड प्रस्तुति प्रमुख आकर्षण रहने मञ्चका अध्यक्ष रामशरण सिम्खडाले बताए । ‘मनोज गजुरेलीय देउसी भैलो प्रस्तुतिका हिसावले अविश्मणीय रहन्छ’ सिम्खडाले वी नेपाली डटकमसँग भने ।
अध्यक्ष सिम्खडाका अनुसार, मञ्चले प्रवासीलाई पनि नेपालकै झल्को दिने गरि कार्यक्रमको व्यवस्थापन गरिसकेको छ । कार्यक्रममा तीन सय भन्दा बढि सहभागी रहने आयोजकको अपेक्षा छ । बेलायतस्थित कार्यवाहक राजदूत तेजवहादुर क्षेत्री र यहाँस्थित विभिन्न पार्टी तथा सामाजिक क्षेत्रका अगुवाहरुको कार्यक्रममा सहभागिता रहनेछ ।
व्यवस्थापकीय पक्ष चुस्त बनाउन अग्रिम रुपमा टेवल वुकिङ भैसकेको छ । एक टेवुलमा १० सिट रहनेछ । तिहारमा बनाइने परिकार पनि हरेक टेवुलमै पुर्याउने व्यवस्था आयोजकले गरेको कार्यक्रम संयोजक रामजी बरालले बताए ।
प्रवासमा मनाउन लागिएको देउसी/भैलोलाई भव्य बनाउन मञ्च, यसका समर्थक र शुभचिन्तकले सहयोग गरिरहेको कार्यक्रम सचिव मिलन घिमिरेले वीनेपालीलाई जानकारी दिए । मिडिया मैत्री बनाउन लागिएको कार्यक्रमको रेडियो राइनोले प्रत्यक्ष प्रशारण गर्नेछ । रेडियो मार्फत बिभिन्न कारणले कार्यक्रममा उपस्थित हुन नसक्नेले प्रत्यक्ष प्रशारण सुन्न सक्नेछन् । कार्यक्रममा बेलायतस्थित मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने अध्यक्ष सिम्खडाले जानकारी दिए ।
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक