लन्डन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्धारित माघ ८ को समयसिमाभित्र संिवधान आउने सम्भावना झिनो रहेको बताएका छन् । संघीयताका विषयमा मुख्य दलहरुबीचको विवाद तत्काल टुंगिने लक्षण नरहेकाले संविधान आउने सम्भावना टरेको उनले प्रस्टाए ।
नेपाली जनसम्पर्क समिति, बेलायतले साउथ इष्ट लन्डनमा गरेको अन्तरक्रियामा कोइरालाले माओवादीले जातीय पहिचानको अडान राखेकै कारण सहमति बन्न नसकेको आरोप लगाए । प्रक्रियागत रुपमा कांग्रेस र एमालेले चाहेमा संविधान जारी हुन सक्ने भएपनि सहमतिबिनाको संिवधानले थप समस्या उब्जाउने उनको धारणा थियो ।
गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता दिने विषयमा कांग्रेस सकारात्मक रहेको उनले दोहोर्याए । ‘हामीले त दोहोरो नागरिकता दिनै नै भनिरहेका छौं, तर के कस्ता अधिकारसहित भन्ने विषयमा अझै छलफल गर्नुपर्नेछ’, उनले भने ।
बेलायत भ्रमणमा रहेका कोइरालासंग बेलायत कांग्रेसले लन्डनको ऊलवीचमा अन्तरक्रिया गरेको हो । निकै पहिलेदेखि तीब्र प्रचारप्रसारसहित गरिएको कार्यक्रमको व्यवस्थापन भने निकै फितलो देखिएको थियो । निर्धारित समयभन्दा झण्डै दुईघण्टा ढिलो सुरु भएको कार्यक्रममा साउण्ड सिस्टम बेलाबेलामा रोकिने र चल्ने गरेको थियो । आसन ग्रहणको क्रममा उद्घोषकले आफ्नै संगठनका सदस्यको नाम समेत पटकपटक गलत उच्चारण गरेपछि सहभागीले त्यसबारे गुनासो गरेका थिए । कार्यक्रमको सुरुमा कसैको मोबाइलबाट बजाइएको राष्ट्रिय गान पनि बीचमै रोकिएपछि फेरि बजाउंदासम्मको क्षण उदेकलाग्दो रह्यो । कार्यक्रममा उपस्थित जति प्राय सबैलाई नाम सोधी सोधी अतिथीको आसन ग्रहण गर्न भनिएको थियो ।
समितिका सभापति चेतनाथ खनालको अधयक्षतामा गरिएको कार्यक्रममा कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए अध्यक्ष महेन्द्र कंडेल, नेपाली जनसम्पर्क समिति, बेलायतका सल्लाहकार डा. सम्पूर्णानन्द ढुंगाना, विज्ञान प्रसाईं, विनोद मोक्तान, उमेश भण्डारी, पूर्व सांसद शुक्रराज शर्मा लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा मोती भण्डारीले स्वागत मन्तव्य दिए ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा