काठमाडौं। मलेसियाको कुलिममा प्रेमिकालाई भेट्न गएका एक नेपालीको हत्या भएको छ। कुलिम जिल्लाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले मारिने नेपाली २७ वर्षका कमल सिंह भएको जनाएका छन्। ती महिलाका परिवारका एक सदस्यले बिहान चार बजे कोठको ट्यारेसमा घोप्टो परेर लडेको मानिस देखेपछि प्रहरीलाई खबर गरेका थिए।
‘परिवारका सदस्यले जानकारी गराउने वित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थलमा पीडित रगतको आहालमा डुबेका थिए। छातीको देब्रो तिर धरिलो हतियार प्रहार गरिएको थियो ‘ प्रहरी प्रमुखले भने ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमै एउटा कम्पनीमा काम गर्ने विवाहित ३७ वर्षिया सहकर्मी महिला सिंहको प्रेमिका भएको जनाएको छ।
प्रहरीले सिंहको हत्यामा संलग्न व्यक्ति पत्ता लगाइसकेको र त्यसमा ती महिलाका २० वर्षे छोरा पनि भएको जनाएको छ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने