काठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले गैर आवासीय नेपालीहरुलाई थप लगानी भित्र्याउन आग्रह गरेका छन्। शेराटन काठमाडौं होटलको शनिबार राजधानीमा शिलान्यास कार्यक्रममा कोइरालाले एनआरएनए अध्यक्ष शेष घलेको लगानीले देशमा विदेशी लगानी भित्र्याउन प्रेरणा मिल्ने बताए।
६ दसकदेखि विकासको गतिविधिमा अवरोध झेल्दै आएको देशका लागि ठूलो लगानीले नयाँ गोरेटो कोर्ने कोइरालाले बताए । उनले यस्तै लगानी कृषि र उर्जा क्षेत्रमा पनि आवश्यक भएको बताए ।
कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन ह्याइटले ठूलो लगानीले नेपालको पर्यटन र आर्थिक क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा शेराटन काठमाडौ होटलका अध्यक्ष शेष घलेले पाँच वर्षको प्रयासपछि निर्माण कार्य शुरु गर्न सफल भएको जनाएका छन् । उनले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवर्द्धन हुने बताए ।
एनआरएनए अध्यक्ष समेत रहेका घले प्रवर्द्धक रहेको अस्ट्रेलियाली कम्पनी एमआइटी ग्रुप होल्डिङ्सले ८ अर्ब रुपैया लगानी गर्ने छ।
केशरमहल नजिकै कान्तिपथमा १४ रोपनी क्षेत्रफलमा फैलिएको होटल १७ तल्ले हुने छ। दुईतल्ला पार्किङ बेसमेन्ट र लबी पछि बाँकी रहेको १३ वटा तलामा स्विइटसहित २ सय १३ वटा कोठा हुनेछ ।
होटल सन् २०१८ फेब्रुअरीबाट सञ्चालनमा ल्याउने योजना छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान