काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए) अध्यक्ष शेष घलेको लगानी रहने पाँच तारे होटलको निर्माण शनिबारबाट शुरु हुने भएको छ।घले प्रवर्द्धक रहेको अस्ट्रेलियाली कम्पनी एमआइटी ग्रुप होल्डिङ्सले ८ अर्ब रुपैया लगानी गर्ने भएको हो । अध्यक्ष घले अस्ट्रेलियाका दुई सय धनीको सूचीमा छन्।
केशरमहल नजिकै कान्तिपथमा निर्माण गर्न लागिएको होटल शेराटनको शनिबार प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्ने छन्। शेराटन हस्पिटालिटी क्षेत्रमा विश्व चर्चित ब्रान्ड हो। विश्वमा विभिन्न देशमा चार सयभन्दा बढि चेन रहेको होटल शेराटनले अपरेशन र व्यवस्थापन हेर्ने छ।
‘होटलको डिजाइन र नक्सा हामीले बनाइसकेका छौ। शिलान्यास भएको दुई वर्ष तीन महिनापछि सञ्चालनमा आउने छ,’ घलेले भने। होटल सन् २०१८ फेब्रुअरीबाट सञ्चालनमा आउने छ। १४ रोपनी क्षेत्रफलमा फैलिएको होटल १७ तल्ले हुने छ। दुई तल्ला पार्किङ बेसमेन्ट र लबी पछि बाँकी रहेको १३ वटा तलामा स्विइटसहित २ सय १३ वटा कोठा हुनेछ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक