लण्डन । लोकप्रिय ब्लग माइसन्सार डटकम तथा न्युज पोर्टल पहिलो पोस्टडटकमका सम्पादक उमेश श्रेष्ठलाई स्वर्गीय सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
लण्डनमा रहेका एकजना समाजसेवी चिरन्जीवी ढकालले आफ्नी स्वर्गीय आमा सीतादेवी ढकालको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी अमेरिकी डलर पाँचसय रहेको छ।
यसै वर्ष स्थापित सो पुरस्कार पाउने श्रेष्ठ पहिलो हुन्।
नेपाली अनलाइन पत्रकारिता र गैरआवासीय नेपाली अभियानमा उल्लेख्य योगदान पुराउने पत्रकारलाई हरेक दुई/दुई वर्षमा सो प्रदान गरिने जनाइएको छ।
युनिकोडमाआधारित नेपाली भाषाको पहिलो स्वतन्त्र समाचार पोर्टल परेवा डटकमकासम्पादक रहेका उमेश श्रेष्ठ ब्लगर सालोक्यका रुपमा पनि चिनिन्छन्। उनले १० वर्षदेखि सञ्चालन गर्दैआएको माइसंसार देशविदेशका पाठकमाझ निकै लोकप्रिय छ। नागरिकन्युजकोस्थापना कालदेखि चार वर्षसम्म उनी अनलाइन संयोजक थिए। त्यसपछि करिब एक वर्षअन्नपूर्ण पोस्टको डेपुटी डिजिटल एडिटरको रुपमा काम गरेका श्रेष्ठले छापा पत्रकारितामा नयाँ सडक रस्पेसटाइम दैनिक, टेलिभिजन पत्रकारितामा च्यानल नेपाल र एभिन्युजटेलिभिजनको अनुभवसमेत सँगालेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चारतथा पत्रकारितामा स्नातकोत्तर श्रेष्ठ हाल पहिलोपोष्ट डटकममा सम्पादकको रुपमा कार्यरत छन् ।
पुरस्कारका सँस्थापक चिरन्जीवी ढकालले नेपाली अनलाइन पत्रकारिताको क्षेत्रमा यसबाट सानो भएपनि योगदान पुग्ने विश्वास लिएको बताए ।
पुरस्कार सन् २०१४ भित्रै काठमाण्डौमा एक समारोहका बीच प्रदान गरिने बताइएको छ।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी