लण्डन । लोकप्रिय ब्लग माइसन्सार डटकम तथा न्युज पोर्टल पहिलो पोस्टडटकमका सम्पादक उमेश श्रेष्ठलाई स्वर्गीय सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
लण्डनमा रहेका एकजना समाजसेवी चिरन्जीवी ढकालले आफ्नी स्वर्गीय आमा सीतादेवी ढकालको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी अमेरिकी डलर पाँचसय रहेको छ।
यसै वर्ष स्थापित सो पुरस्कार पाउने श्रेष्ठ पहिलो हुन्।
नेपाली अनलाइन पत्रकारिता र गैरआवासीय नेपाली अभियानमा उल्लेख्य योगदान पुराउने पत्रकारलाई हरेक दुई/दुई वर्षमा सो प्रदान गरिने जनाइएको छ।
युनिकोडमाआधारित नेपाली भाषाको पहिलो स्वतन्त्र समाचार पोर्टल परेवा डटकमकासम्पादक रहेका उमेश श्रेष्ठ ब्लगर सालोक्यका रुपमा पनि चिनिन्छन्। उनले १० वर्षदेखि सञ्चालन गर्दैआएको माइसंसार देशविदेशका पाठकमाझ निकै लोकप्रिय छ। नागरिकन्युजकोस्थापना कालदेखि चार वर्षसम्म उनी अनलाइन संयोजक थिए। त्यसपछि करिब एक वर्षअन्नपूर्ण पोस्टको डेपुटी डिजिटल एडिटरको रुपमा काम गरेका श्रेष्ठले छापा पत्रकारितामा नयाँ सडक रस्पेसटाइम दैनिक, टेलिभिजन पत्रकारितामा च्यानल नेपाल र एभिन्युजटेलिभिजनको अनुभवसमेत सँगालेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चारतथा पत्रकारितामा स्नातकोत्तर श्रेष्ठ हाल पहिलोपोष्ट डटकममा सम्पादकको रुपमा कार्यरत छन् ।
पुरस्कारका सँस्थापक चिरन्जीवी ढकालले नेपाली अनलाइन पत्रकारिताको क्षेत्रमा यसबाट सानो भएपनि योगदान पुग्ने विश्वास लिएको बताए ।
पुरस्कार सन् २०१४ भित्रै काठमाण्डौमा एक समारोहका बीच प्रदान गरिने बताइएको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा